ब्रेकिङ न्युज

‘अध्ययन गर्ने बानी बसाल्नुपर्छ’

प्रकाशित मिति: August 31, 2018 6:10 pm

भदौ १५, विराटनगर – प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले समय अनुकूल योग्यता हासिल गर्न पुस्तकालय अध्ययन गर्ने बानी बसाल्नु पर्ने बताएका छन् ।

सामाजिक विकास मन्त्रालयद्वारा शुक्रबार आयोजित ११औँ पुस्तकालय दिवसको उद्घाटन गर्दै उनले अध्ययनले नै विचार उत्पन्न हुने भएकाले अध्ययन गर्ने बानी बसाल्न सुझाव दिए । मन्त्री घिमिरेले निम्ति सबैभन्दा राम्रो स्थान पुस्तकालय हो भन्दै पुस्तकालय पनि समय परिवर्तन सँगसँगै आधुनिक प्रविधिमा जानुपर्छ भने ।

पुस्तकालयमा पुस्तक छन् तर पाठक नभएको अवस्थाको गहन खोजी र विश्लेषण हुनु पर्छ भन्दै उनले पुस्तकालयको परिभाषा र स्वरुप पनि रुपान्तरण गर्नुपर्छ भन्नुभयो । सामाजिक विकासमन्त्री घिमिरे मन्त्रालयले स्थापना गरेको पुस्तकालय आजदेखि सञ्चालनमा आएको छ ।

सम्बन्धित शीर्षकहरु

कानून संशोधन गरी लगानीमैत्री वातावरण बनाइनेछ : खतिवडा अर्थमन्त्री

बुटवल, ८ असोज – अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले प्रगतिशील कर प्रणाली अवलम्बन गरेको बताउँदै कुनै पनि......

पछिल्लो समय मुलुकमा महँगी र आतङ्क बढेको छः नेता श्रेष्ठ

इलाम, ८ असोज – पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठले पछिल्लो समय मुलुकमा अशान्ति, महँगी र आतङ्क बढेको......