ब्रेकिङ न्युज

घनघोर बर्षापछि दिल्लीमा डुबान

प्रकाशित मिति: September 2, 2018 8:20 pm

नयाँ दिल्ली, भारत, १७ भदौ – भारतको राजधानीमा परेको घनघोर बर्षाका कारण यहाँका केही भागमा डुवान हुँदा दिल्लीको यातायातलगायतका दैनिक जनजीवन कष्टकर बनेको छ ।

दिल्ली र वरपरका क्षेत्रमा विगत केही दिनदेखि व्यापक वर्षा भएको र यसका कारण राजधानी र वरपरका केही वस्तीहरूसमेत डुवानमा परेका छन् । डुवानले खास गरी यातायात सेवालाई प्रभावित तुल्याएको छ । डुवानपछि नगरका अधिकारीले भल निकासका लागि कमजोर संयन्त्र बनाएको भन्दै एक आपसमा आरोप प्रत्यारोप गरेका छन् ।
भारतीय मौसम विज्ञान विभाग (आइएमडी) ले आगामी दुई दिनसम्म बर्षा भइरहने जनाएको छ ।
आइएमडीले हरियाणा, चण्डीगढ, दिल्ली र वरपरका क्षेत्रमा विशाल बर्षा हुने जनाएको छ । बर्षाको प्रभाव दुईदिनपछि बिस्तारै कम हुने विभागले जनाएको छ ।

शनिबारको बर्षापछि यमूना बजारमा डुबान हुँदा करिब ३० जना अलपत्र परेको जनाइएको छ । उनीहरू यात्रा गरिरहेको बस सडकमा जम्मा भएको पानीका कारण बिग्रिएपछि उनीहरूलाई स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरेका थिए ।

सम्बन्धित शीर्षकहरु

कानून संशोधन गरी लगानीमैत्री वातावरण बनाइनेछ : खतिवडा अर्थमन्त्री

बुटवल, ८ असोज – अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले प्रगतिशील कर प्रणाली अवलम्बन गरेको बताउँदै कुनै पनि......

पछिल्लो समय मुलुकमा महँगी र आतङ्क बढेको छः नेता श्रेष्ठ

इलाम, ८ असोज – पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठले पछिल्लो समय मुलुकमा अशान्ति, महँगी र आतङ्क बढेको......