फेरि गयो ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प

प्रकाशित मिति: September 7, 2018 7:48 pm

क्युइटो, २२ भदौ – इक्वाडोरमा बिहीबार राति ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौर्गभिक सर्वेक्षण संस्था (युएसजिएस) ले जानकारी दिएको छ । स्थानीय समयानुसार शुक्रबार राति ९ः१२ मा सो भूकम्प गएको युएसजिएसले जनाएको छ ।

दक्षिण अमेरिकी यस देशको मध्य भाग नजिकै रहेको इलाकामा ९३.५ किलोमिटर गहिराइमा सो भूकम्पको केन्द्रविन्दु रहेको थियो ।

स्थानीय अधिकारीहरूले यस भूकम्प ६.५ म्याग्निच्युडको भएको जानकारी दिएका छन् । इक्वाडोरमा सन् २०१६ को अप्रिल १६ मा तटीय प्रान्त मानाबीमा ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो यसमा परी करीब ६७३ व्यक्तिको मृत्यु भएको थियो ।

सम्बन्धित शीर्षकहरु

सरकारले पशुपति शर्माको गीत बन्द गराएको भन्दै कांग्रेस रुष्ट

फागुन ५, काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् पूर्व कानुनमन्त्री शेरबहादुर......

सोमबारदेखि पुनः वर्षा र हिमपात दोहोरिने

काठमाडौँ, ५ फागुन – पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भूभागमा आंशिक बदली भई पूर्वी र पश्चिमी......