ब्रेकिङ न्युज

गायिका निशा कंडेलको “नेपाली छोरी” सार्बजनिक

प्रकाशित मिति: September 9, 2018 11:35 am

काठमाडौं । गायिका निशा कंडेलको स्वरमा रहेको दोश्रो गीत “नेपाली छोरी” सार्बजनिक गरिएको छ केहि महिना पहिले सार्बजनिक गीत ‘सधैँ लाइ’ बाट राम्रो प्रतिक्रिया पाएकी गायिका कंडेलको दोस्रो अफिसियल भिडियो सार्बजनिक गरिएको हो । राहुल प्रधानको संगीत रहेको गीतलाइ सन्जिब भट्टराईले शब्द लेखेका हुन् नितिन चन्दले निर्देशन गरेको भिडियोलाइ सुरेश नेपालले छायांकन तथा र दिपेन बस्न्यातले सम्पादन गरेका छन् । प्रमोद भण्डारीले कोरियोग्राफी गरेको भिडियोमा रास्ट्रियता झल्काउन खोजिएको छ । गीतमा एउटी युवतीले आफुलाइ नेपाल र नेपाली संस्कृति मन पर्ने बताई रहेकी छिन । भिडियोमा गायिका कंडेल नै फिचर छिन । भिडियोलाइ केबीए ग्लोबल एजुकेसन कन्सल्टेन्सीले सपोर्ट गरेको छ ।

केबीए ग्लोबल एजुकेसन एण्ड माईग्रेसनले युवा तथा प्रतिभा भएका कलाकारहरु लाई प्रोत्साहन गर्दै आइरहेको छ ।अस्ट्रेलियाको सिड्नी,डार्विन,पेर्थ अनि फिलिपिन्स र नेपालमा काठमाडौँ,चितवन,बुटवल,नेपालगंज,पोखरा र बनेपामा कार्यालय संचालनमा छन् । छिट्टै मेलबर्नमा र ब्राजिलमा पनि कार्यालय खुल्न लागेको ग्लोबल हेड बिजनेस डिपार्टमेन्ट रोशन क्षेत्रिले जानकारी गराए । कला र गीत संगीत प्रेमी क्षेत्रिले निशा कंडेल जस्तै अन्य प्रतिभा भएका कलाकारहरुको प्रमोसनको लागि निरन्तर केबीए ग्लोबलले सहयोग गर्दै जाने पनि बताए ।

सम्बन्धित शीर्षकहरु

मुद्दा हारेपछि न्यायाधीशमाथि नै नूरप्रसादले गरे हातपात

असोज ९, काठमाडौं – नूरप्रसाद अधिकारीले आफ्नो पक्षमा फैसला नभएपछि न्यायाधीशलाई अश्लील गालीगलौज गर्दै......

कानून संशोधन गरी लगानीमैत्री वातावरण बनाइनेछ : खतिवडा अर्थमन्त्री

बुटवल, ८ असोज – अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले प्रगतिशील कर प्रणाली अवलम्बन गरेको बताउँदै कुनै पनि......