ब्रेकिङ न्युज

आकाश र मरिष्काको ‘त्यो सपना’ सार्वजनिक

प्रकाशित मिति: September 9, 2018 12:17 pm

काठमाडौं । नायिका तथा मोडल मरिष्का पोखरेलले निर्देशन गरेको नयाँ म्युजिक भिडियो ‘त्यो सपना’ सार्वजनिक भएको छ । अष्ट्रेलियामा बसेर नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक सञ्जिब पराजुलीको स्वर रहेको गीतमा होमनाथ न्यौपानेको शब्द, दीपक भट्टराईको संगीत र सन्जिब बराइलीको एरेन्ज छ । भिडियोमा नायक आकाश खड्का र भिडियोकी निर्देशक मरिष्काले फिचरिङ गरेका छन् ।

यो गीत गायक सन्जिब, गीतकार होमनाथ र संगीतकार दीपकको राजधानीमा केही महिना अघि सार्वजनिक संयुक्त एल्बम ‘त्यो सपना’को शीर्ष गीत हो । भिडियोमा उत्सव दाहालको छायांकन र निशान घिमिरेको सम्पादन छ । सन्जिबका ‘नाईं मलाई थाहा छैन’, ‘एउटा कुरा भनू–तिमी मलाई मन पर्छ’, ‘पहिलो भेटैमा’लगायतका गीत चर्चामा छन् ।

सम्बन्धित शीर्षकहरु

मुद्दा हारेपछि न्यायाधीशमाथि नै नूरप्रसादले गरे हातपात

असोज ९, काठमाडौं – नूरप्रसाद अधिकारीले आफ्नो पक्षमा फैसला नभएपछि न्यायाधीशलाई अश्लील गालीगलौज गर्दै......

कानून संशोधन गरी लगानीमैत्री वातावरण बनाइनेछ : खतिवडा अर्थमन्त्री

बुटवल, ८ असोज – अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले प्रगतिशील कर प्रणाली अवलम्बन गरेको बताउँदै कुनै पनि......