ब्रेकिङ न्युज

“छक्का पन्जा ३”को दोस्रो गीत “पछि उमेर ढल्किन्छ फेरि कालै पल्किन्छ” सार्वजनिक

प्रकाशित मिति: September 10, 2018 11:29 am

काठमाडौँ – चलचित्र “छक्का पन्जा ३” को दोस्रो गीत “पछि उमेर ढल्किन्छ फेरि कालै पल्किन्छ” बोलको गीत सार्वजनिक भएको छ । ज्योतिषले दिएको समय अनुसार सोमवार ठिक ११ बजे यस गीतलाई यूट्युबमा सार्वजनिक गरिएको हो । उक्त गीतको भिडियोमा अभिनेत्री दीपिका प्रसाइँ, दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र बुद्धि तामाङले अभिनय गरेका छन् ।

निशान भट्टराई र एन्जिला रेग्मीको स्वर रहेको यस गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ भने गीतको शब्द अर्जुन र दीपकराज गिरीले लेखेका हुन् । पुरुषोत्तम प्रधानको छायांकन रहेको उक्त गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

सम्बन्धित शीर्षकहरु

मुद्दा हारेपछि न्यायाधीशमाथि नै नूरप्रसादले गरे हातपात

असोज ९, काठमाडौं – नूरप्रसाद अधिकारीले आफ्नो पक्षमा फैसला नभएपछि न्यायाधीशलाई अश्लील गालीगलौज गर्दै......

कानून संशोधन गरी लगानीमैत्री वातावरण बनाइनेछ : खतिवडा अर्थमन्त्री

बुटवल, ८ असोज – अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले प्रगतिशील कर प्रणाली अवलम्बन गरेको बताउँदै कुनै पनि......