ब्रेकिङ न्युज

कुनै समयको चर्चित नाम, अहिले गुमनाम

प्रकाशित मिति: September 10, 2018 1:50 pm

काठमाडौं कुनै समय फिल्म क्षेत्रमा एकछत्र राज गरेका नायकहरू अहिले फिल्म क्षेत्रबाट टाढा देखिन्छन् । नयाँ कलाकारको अगमन र उनीहरूप्रति दर्शकको क्रेज बढ्दै गएकाले पनि पुराना कलाकारहरू फिल्ममा देखिन छाडेका छन् ।

दर्शकले पुरानो शैलीका नायक जस्तो अग्लो कद, मिलेको शरीर, लामो/लामो कपाल मात्र भएकालाई नायक मान्न छोडेका छन् । अभिनयको दम भएका कलाकार अहिले हिट छन् । चाहे उनीहरुको शरीर मोटे भएर अनुहार पनि नराम्रै किन नहोस् !

आज हामी यहाँ कुनै समय फिल्म क्षेत्रमा हिट भएका र अहिले पलायन भएका नायकहरुको चर्चा गर्दैछौं,

. राजेश हमाल

राजेश हमाल नेपाली फिल्म जगतमा महानायकको उपमा पाएका नायक हुन् । उनले नेपाली फिल्म क्षेत्रमा लामो समय राज गरे । स्वर्गीय दीपक रायमाझी निर्देशित फिल्म ‘युगदेखि युगसम्म’बाट आफ्नो अभिनय यात्रा सुरु गरेका हमालले धेरै सफल फिल्म दिइसकेका छन् । हमालले ‘कसम’, ‘गोरेटो’, ‘हामी तीन भाइ’, ‘अपराध’, ‘देउता’, ‘भाउजु’, ‘बसन्ती’, ‘अल्लारे’, ‘कृष्ण अर्जुन’लगायत १७० बढी फिल्ममा अभिनय गरेका छन् ।

कुनै एउटा समय थियो, जुन बेला राजेशको टाउको बिक्थ्यो । मतलब, जुन फिल्मको पोष्टरमा उनको टाउको देखिन्थ्यो, दर्शकको भीड त्यतै लाग्थ्यो । तर, अहिलेको त्यो अवस्था देखिँदैन । हमाल अहिले फिल्म क्षेत्रबाट टाढा छन् । हमालका पछिल्लो समय प्रदर्शनमा आएका फिल्म ‘वाग्मती’ र ‘शकुन्तला’ दुवै फ्लप भए । फिल्म फ्लपको डर र दर्शकले उनलाई पत्याउन छाडेको भान उनमा भयो होला, उनी अहिले फिल्म क्षेत्रबाट अलिक टाढा छन् ।

. विराज भट्ट

एक्सन नायकको उपमा पाएका नायक हुन्, विराज भट्ट । विराज अहिले नेपाली फिल्म क्षेत्रबाट टाढा छन् । फिल्म ‘अग्निपथ’बाट नेपाली फिल्ममा डेब्यु गरेका विराजले ‘हिम्मत’, ‘देवरबाबु’, ‘खलनायक’, ‘डन’, ‘तकदिर’ जस्ता धेरै सफल फिल्ममा अभिनय गरिसकेका छ न्।

उनको स्टारडमकै कारण पनि फिल्म सफल हुन्थे । उनको एक्सनका फ्यान पनि धेरै थिए तर नेपाली दर्शकले उनलाई खोजिरहँदा नै उनी भोजपुरी फिल्ममा अभिनय गर्न थाले र नेपाली फिल्म छाडे । गत वर्ष विराजले नेपाली फिल्म क्षेत्रमा कम ब्याक गरे, फिल्म ‘जय पर्शुराम’बाट उक्त तर फिल्म फ्लप भइदियो । विराजलाई दर्शकले रुचाएनन् ।

त्यसैले पनि अहिले विराज पुन: नेपाली फिल्म क्षेत्रबाट अलप जस्तै बनेका छन् । तर उनी भोजपुरी फिल्ममा व्यस्त छन् ।

. रमित ढुंगाना

लामोलामो कपाल अनि मिलेको अग्लो शरीर, नायक रमित ढुंगानाको पहिचान थियो । धेरै सफल फिल्ममा काम गरेका उनी फिल्म क्षेत्रमा निकै रुचाइका नायकमा पर्थे । तर रमित लामो समयदेखि फिल्ममा देखिएका छैनन् ।

फिल्म ‘माया नमार’बाट फिल्म क्षेत्रमा प्रवेश गरेका उनले ‘धड्कन’, ‘शक्ति’, ‘जीवन मृत्यु’, ‘देवर बाबु’, ‘बिदाइ’, ‘दुर्गा’, ‘धुम’लगायत धेरै सफल फिल्ममा अभिनय गरिसकेका छन् । पछिल्लो समय उनले फिल्म ‘बुद्ध बर्न इन नेपाल’ फिल्म बनाए । उक्त फिल्ममा उनी आफैँ मुख्य भूमिकामा प्रस्तुत भएका थिए तर फिल्म चलेन । त्यसयता रमित कुनै फिल्ममा देखिएका छैनन् ।

. जीवन लुइँटेल

नायक जीवन लुइँटेल पनि अहिले फिल्म क्षेत्रबाट टाढा छन् । फिल्म क्षेत्रमा उनको उपस्थिति पातलो हुँदै गएको छ । धेरै सफल फिल्ममा काम गरेका जीवनका पछिल्ला फिल्महरू असफल भएसँगै उनी फिल्म क्षेत्रबाट टाढा देखिन थालेका छन् । फिल्म ‘तिर्खा’बाट फिल्म क्षेत्रमा डेब्यु गरेका उनले धेरै सफल फिल्ममा काम गरेका छन् ।

उनले अभिनय गरेका ‘नाइँ नभन्नू ल’, ‘सानो संसार’, ‘कसम हजुरको’, ‘अन्दाज’, ‘ठूली’, ‘राधा’ आदि सफल फिल्मको सूचीमा पर्छन् । तर पछिल्लो समय उनी अभिनित फिल्मले कुनै तहल्का मच्चाउन सकेका छैनन् । ‘काफल पाक्यो’, ‘भुलभुलैया’, ‘सुब्बा साप’ लगतार फ्लप भए, जसले गर्दा उनको स्टारडम ओरालो लागेको अनुमान लगाउन सकिन्छ । अहिले जीवन कुनै फिल्ममा काम गर्दै छैनन् ।

. राजवल्लभ कोइराला

नायक राजवल्लभ कोइराला पनि फिल्म क्षेत्रमा रुचाइएका नायक हुन् । तर उनी लामो समयदेखि नेपाली फिल्मको पर्दामा देखिन छोडेका छन् । रेडियोकर्मी हुँदै फिल्म क्षेत्रमा प्रवेश गरेका राजवल्लभले पनि धेरै सफल फिल्ममा अभिनय गरिसकेका छन् ।

‘पर्खी बसें’बाट फिल्म क्षेत्रमा प्रवेश गरेका उनले ‘छाडी गए पाप लाग्ला’, ‘ऋतु’, ‘किन लाग्छ माया’, ‘पल’, ‘अपवाद’लगायत फिल्ममा अभिनय गरिसकेका छन् । उनले हलिउड फिल्म ‘हाइवे टु धम्पुस’मा समेत अभिनय गरेका छन् । नेपाली फिल्मका दर्शकका लागि राजवल्लभ नयाँ नाम लाग्न थालिसकेको छ । फिल्म क्षेत्रबाट टाढा रहेका राजवल्लभ लामो समयदेखि अमेरिका बसोवास गर्दै आइरहेका छन् । उनले केही महिना अघि मात्र अमेरिकामै विवाहसमेत गरेका छन् ।

. धीरेन शाक्य

धीरेन शाक्य लामो समदेखि फिल्मको पर्दामा देखिएका छैनन् । ‘चट्टान’, ‘सिमाना’, ‘मैले भुल्नै सकिन’, ‘दाग’, ‘जमिन’, ‘दुश्मनी’, ‘ज्वालामुखी’लगायत फिल्ममा अभिनय गरेका धीरेन कुनै समय एकदमै चर्चित थिए । म्युजिक भिडियोमा पनि उत्तिकै चर्तित उनी अहिले भने लगभग गुमनाम बनिसकेका छन् ।

. सुमन सिंह

सुमन सिंह पनि कुनै समय चलेको नाम हो । एक समय उनका फ्यान फलोअर्स पनि धेरै थिए । फिल्म नगरीमा उनको चकलेटी लुक्सको चर्चा नै हुनेगर्थ्यो । उनले द गेम, प्रेमिका, तिम्रो लागि, सम्झिराख है लगायत फिल्ममा अभिनय गरेका छन् ।
तर केही वर्ष यता भने सुमन फिल्म क्षेत्रबाट गुमनाम जस्तै छन् । उनी अभिनित फिल्म पर्दामा नआएको धेरै समय भइसकेको छ

सम्बन्धित शीर्षकहरु

मुद्दा हारेपछि न्यायाधीशमाथि नै नूरप्रसादले गरे हातपात

असोज ९, काठमाडौं – नूरप्रसाद अधिकारीले आफ्नो पक्षमा फैसला नभएपछि न्यायाधीशलाई अश्लील गालीगलौज गर्दै......

कानून संशोधन गरी लगानीमैत्री वातावरण बनाइनेछ : खतिवडा अर्थमन्त्री

बुटवल, ८ असोज – अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले प्रगतिशील कर प्रणाली अवलम्बन गरेको बताउँदै कुनै पनि......