‘रामकहानी’ हिट हुदा आकाशलाई के फाइदा?

प्रकाशित मिति: September 14, 2018 2:20 am

काठमाडौं गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म रामकहानीले राम्रो व्यापार गरिरहेको छ । फिल्मलाई धेरै दर्शकले रुचाएका छन् । राजधानीसँगै मोफसलमा पनि फिल्मको व्यापार निकै राम्रो भइरहेको छ । आजबाट फिल्म दोस्रो सातामा प्रदर्शन हुदैछ ।

फिल्म हिट छ, ‍फिल्मकी मुख्य नायिका पूजा शर्माको चर्चा पनि उत्तिकै छ । नायिका पूजा शर्माकै कारण फिल्म चलेको भन्नेहरु पनि धेरै छन् । फिल्म हेरेका दर्शकहरुले पनि पूजाको मुक्तकण्ठले प्रशंसा गरिरहेका छन् । तर, यसै फिल्ममा पूजाको जोडी भएर अभिनय गरेका आकाश श्रेष्ठ भने ओझेलमा परेका छन् । यस फिल्मबाट निकै आशावादी बनेका आकाशले उक्त सफलता पाउन सकेनन् ।

फिल्ममा पूजा र आकाशसँगै केदार घिमिरे (माग्ने बुढा), जीतु नेपाल, विल्शनविक्रम राई, रविन्द्र झाको पनि मुख्य भूमिका रहेको छ। फिल्ममा उनीहरु आकाशमाथि हावी देखिन्छन् । आकाश उनीहरुको साथीको भूमिकामा प्रस्तुत छन् । जसले गर्दा आकाशको प्रस्तुती खल्लो बन्छ । फिल्म हेरेका दर्शकले पनि उनको अभिनयलाई रुचाएको पाइएन् । आकाशको सरियस संवादमा अन्य कलाकारको हास्यस्पद संवाद हाबी बनेको छ ।

आकाश अभिनित तिन फिल्म रिलिज भइसकेका थिए । तर, उक्त फिल्महरुबाट पनि आकाशले सोचेजस्तो सफलता पाएका थिएनन् । रामकहानी हिट भएपछि आकाशले आफ्नो हिट फिल्ममा रामकहानीको नाम लिन पाएका छन् तर यसबाट उनको कामको भने प्रशंसा भएको पाइदैन् ।

धेरै मिडियाको प्रश्नमा उनले यस फिल्मबाट आफु स्थापित हुने बताएका थिए । तर उनको यो विश्वास पनि पुरा भएको पाइएन् । फिल्म हिट भएपनि उनले यसको क्रेडिट लिन सकेनन् ।

आकाशले आफुलाई स्थापित गर्न सोलो हिट फिल्म दिन जरुरी देखिन्छ । अभिनयमा निखारता ल्याउनु पर्ने देखिन्छ । आगमी दिनमा रिलिज हुने उनको फिल्मले उनको स्थापित हुने चाहाना पुरा गर्ने हो वा होइन त्यो भने हेर्न बाकीँ छ ।

सम्बन्धित शीर्षकहरु

सरकारले पशुपति शर्माको गीत बन्द गराएको भन्दै कांग्रेस रुष्ट

फागुन ५, काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् पूर्व कानुनमन्त्री शेरबहादुर......

सोमबारदेखि पुनः वर्षा र हिमपात दोहोरिने

काठमाडौँ, ५ फागुन – पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भूभागमा आंशिक बदली भई पूर्वी र पश्चिमी......