सूर्य ईन्टरनेशनल अवार्ड को लागि को को जादैं छन् जापान

प्रकाशित मिति: September 14, 2018 8:27 am

१३ सेप्टेम्वर, शिनओकुबो – सूर्य कर्पोरेशनले जापानको राजधानी टोकियोमा यही भाद ३१ मा आयोजना गर्न लागेको सुर्य ईन्टरनेशनल अवार्ड २०१८, जापानमा नेपाली चलचित्र, गित सँगित र अभिनयको एक एैतिहासिक कुँम्भ मेलाजस्तो हुने भएको छ । नेपालका ख्याति प्राप्त नायक–नायिका र गायक–गायिका तथा ५० भन्दा बढी अन्य कलाकारहरुको साथमा विविध संस्कृतिक कार्यक्रम सहित मनोनयनमा परेकाहरुलाई उत्कृष्ट अवार्ड प्रदान गरिने कार्यक्रमहरु रहेका छन् त्यसका साथै कार्यक्रमको भोली (सेप्टेम्वर १७) पल्ट जापान मै पहिलो पटक नेपालीहरु द्धरा बृहत ५ घन्टा लामो क्रृज ककटेल पार्टीपनि कलाकारहरुको सम्मानका लागि आयोजकले दिने यसअघि नै जनाई सकेको छ ।

यस सँगै आयोजकले विद्दार्थी, ब्यवसायी, मजदुर र डिपेन्डेन्ट लक्षित पाँच हजार र दशहजार दरका टिकटको पनि विक्रि वितरण सार्बजनिक गरेको छ । सेप्टेम्बर १६ तारिकमा नाखानो जेरो हल, टोकियोमा हुने उक्त अवार्डमा नेपाल स्थित सरकारी निकायहरुको पनि सहकार्य रहेको छ ।
अवार्डको विजेता निशुल्क अनलाइन भोटिङमार्फत छानिने भएकाले नेपाली कलाकारहरुले पनि आफ्नो शोसल मिडियाहरु मार्फत भोट गर्न सार्वजनिक अपिल गरि रहनुभएका छन् ।

अवार्डमा विधागत लोकप्रिय फिल्म, नायक, नायिका, सहकलाकार महिला र पुरुषका साथै संगीततर्फ लोक, पप र आधुनिक गायक र गायिकाहरु रहेका छन् ।
मनोनयनमा लोकप्रिय फिल्मतर्फ ‘छक्का पञ्जा २’ सहित ‘ए मेरो हजुर २’, ‘शत्रु गते’, ‘म यस्तो गीत गाउँछु’ र ‘कृ’ भिडेका छन् । त्यसैगरी नायकतर्फ अनमोल केसी, प्रदीप खड्का, पल शाह, पुष्प खड्का र दयाहाङ राईबीच भोटिङ प्रतिस्पर्धा हुँदा लोकप्रिय नायिकाको विधामा साम्राज्ञी राज्यलक्ष्मी शाह, श्वेता खड्का, पूजा शर्मा, शिल्पा पोखरेल र निता ढुंगाना भिड्ने भएका छन् ।
त्यसैगरी, उत्कृष्ट निर्देशकका लागि छक्कापन्जा २ बाट दीपाश्री निरौला, ए मेरो हजुर २ बाट झरना थापा, म यस्तो गीत गाउँछुबाट सुदर्शन थापा, लिलीबिलीबाट मिलन चाम्स, शत्रुगतेबाट प्रदीप भट्टराई प्रतिस्पर्धामा छन् ।

उत्कृष्ट अभिनेताका लागि कृ का अनमोल केसी, लिलीबिलीका प्रदीप खड्का, मंगलमका पुष्प खड्का, म यस्तो गीत गाउँछुका पल शाह र घामपानीबाट दयाहाङ राई मनोनीत छन् । उत्कृष्ट अभिनेत्रीको अवार्डका लागि भने कान्छीकी श्वेता खड्का, म यस्तो गीत गाउँछुकी पूजा शर्मा, मंगलमकी शिल्पा पोखरेल, पञ्चायतकी नीता ढुंगाना र ए मेरो हजुर २ की साम्राज्ञी शाहबीच प्रतिस्पर्धा छ । फिल्मअन्तर्गत सहअभिनेता र सहअभिनेत्रीको विधासमेत रहेको छ ।

पपगीततर्फ सुगम पोखरेल, कमल खत्री, अनिल सिंह, कालीप्रसाद बास्कोटा र हिमाल सागर उत्कृष्ट गायकमा मनोनीत छन् । पपगायिकातर्फ इन्दिरा जोशी, अमृता लिम्बू, मिलन अमात्य, एन्जिला रेग्मी र रबिना थापाबीच प्रतिस्पर्धा छ । आधुनिक गायकतर्फ रामकृष्ण ढकाल, राजेशपायल राई, प्रमोद खरेल, हेमन्त शर्मा र शिव परियार उत्कृष्ट पाँचमा परेका छन् ।

आधुनिक गायिकामा भने अञ्जु पन्त, मेलिना राई, रिता केसी, टीका प्रसाईं र सिर्जना खत्री मनोनीत छन् । लोकगीततर्फ नवीन पौडेल, रमेशराज भट्टराई, खुमन अधिकारी, रामजी खाँण र प्रकाश कटुवाल प्रतिस्पर्धामा छन् । गायिकातर्फ ज्योति मगर, रमिला न्यौपाने, सम्झना मगर, मुना थापा र देवी घर्तीमगर मनोनीत छन् ।

सम्बन्धित शीर्षकहरु

सरकारले पशुपति शर्माको गीत बन्द गराएको भन्दै कांग्रेस रुष्ट

फागुन ५, काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् पूर्व कानुनमन्त्री शेरबहादुर......

सोमबारदेखि पुनः वर्षा र हिमपात दोहोरिने

काठमाडौँ, ५ फागुन – पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भूभागमा आंशिक बदली भई पूर्वी र पश्चिमी......