ब्रेकिङ न्युज

बिशाक्त मदिरा सेवनबाट मलेसियामा ४ नेपाली सहित १५ जनाको ज्यान गयो

प्रकाशित मिति: September 19, 2018 1:54 pm

मलेसिया – मलेसियामा ‘विषाक्त’ मदिरा सेवन गरेका कारण चार नेपाली कामदारसहित १५ विदेशी कामदारको मृत्यु भएको प्रहरीले मंगलबार जनाएको छ ।

उक्त घटनामा ३३ जना बिरामी परेका छन् । मृतकसहित बिरामी परेका प्रायः सबैजना विदेशी कामदार रहेको सेलांगर राज्यको प्रहरी प्रमुख मजलान मानसोरले बताए ।

सेलांगर मलेसियाको राजधानी क्वालालम्पुरसँग जोडिएको राज्य हो । प्रहरीकाअनुसार मृतक तथा बिरामी सबैले सोमबार दुईथरिका ह्वीस्की र एकथरि बियरको सेवन गरेका बताइएको छ ।

मदिरा सेवन गरी मृत्यु भएका पहिलो व्यक्ति एउटा फ्याक्ट्रीमा काम गर्ने श्रमिक थिए भने मंगलबार पनि एकजनाको मृत्यु भएको मलेसियाको ‘बेर्नामा’ न्यूज एजेन्सीले जनाएको छ ।

सोमबार मृत्यु हुने सातजनामध्ये एक मलेसियाली, चार नेपाली, एक भारतीय र एकजना बंगलादेशी नागरिक रहेका मजलानले बताए ।

थप नागरिकको परिचय नखुलाइकनै प्रायः विदेशी नागरिक रहेको उनले बताए ।

प्रहरी प्रमुखद्वारा हस्ताक्षर गरिएको एक वक्तव्यमा भनिएको छ–‘मृत्युको कारण अझै आधिकारिकरूपमा पुष्टि भइसकेको छैन । तर, प्रहरीको प्रारम्भिक अनुसन्धानमा सबैजनाले मदिरा सेवन गरेपछि अस्पताल भर्ना गरेको पाइएको छ ।’

स्थानीय सन्चारमाध्यमकाअनुसार प्रहरीले घटनास्थलबाट विभिन्न ब्रान्डका मदिराका खोलहरू लगेको छ । उनीहरूले मदिरा किनेको भनिएको पसलबाट पनि प्रहरीले केही नमुना लगेको बताइएको छ ।

सम्बन्धित शीर्षकहरु

आगामी बजेटमा ज्येष्ठ नागरिक भत्ता बढ्छ : प्रधानमन्त्री

कात्तिक १, भद्रपुर - भद्रपुर प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेटमा ज्येष्ठ नागरिकको भत्ता बढाइने......

प्रधानमन्त्री ओलीद्वारा विमोचन

कात्तिक १, भद्रपुर – प्रधानमन्त्री केपी शर्मा ओलीले आज झापामा नेपाल रेडक्रस सोसाइटी, झापाले प्रकाशन गरेको......