ब्रेकिङ न्युज

कक्षा ११ को नतिजा तिहारपछि मात्र आउने

प्रकाशित मिति: September 29, 2018 10:30 am

असोज १३, काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डद्वारा संचालित कक्षा ११ को परीक्षाको नतिजा तिहार पछि मात्र सार्बजनिक हुने भएको छ । परीक्षा बोर्डका एक अधिकारीका अनुसार उत्तरपुस्तिका सम्परिक्षणको काम चलिरहेकोले नतिजा कहिले आउँछ भने ठ्याक्कै भन्न नसकिने बताए । ‘तिहार अगाडी नतिजा प्रकाशन गर्ने कार्यक्रम छैन, तर सकेसम्म छिटो हुने गरि काम गरिरहेका छौँ, सम्भवत कार्तिक अन्तिम या मङ्सिर पहिलोरदोश्रो सातासम्म नतिजा प्रकाशन हुन्छ’ उनले भने ।

साथै यसपटक आंशिक र नियमितको परीक्षाको नतिजा समेत एकैचोटि निकाल्ने तयारी भैरहेको तर अहिले यसबारेमा अहिले केही भन्न नसकिने बताइएको छ । सामाजिक संजालमा दशैँ अगाडी नै नतिजा आउने भन्दै हल्ला चलिरहेकाले नतिजा पर्खेर बसिरहेका बिद्यार्थीहरु अन्योलमा रहँदै आएका थिए ।
मेरो स्टडिबाट

सम्बन्धित शीर्षकहरु

आगामी बजेटमा ज्येष्ठ नागरिक भत्ता बढ्छ : प्रधानमन्त्री

कात्तिक १, भद्रपुर - भद्रपुर प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेटमा ज्येष्ठ नागरिकको भत्ता बढाइने......

प्रधानमन्त्री ओलीद्वारा विमोचन

कात्तिक १, भद्रपुर – प्रधानमन्त्री केपी शर्मा ओलीले आज झापामा नेपाल रेडक्रस सोसाइटी, झापाले प्रकाशन गरेको......