ब्रेकिङ न्युज

नेपाल एशिया कप क्रिकेटको समूह चरणबाटै बाहिरियो

प्रकाशित मिति: October 1, 2018 6:12 pm

असोज १५, काठमाडौँ – नेपाल बङ्गलादेशमा जारी एसिसी यू–१९ एशिया कप क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ । आज अफगानिस्तानसँग तीन विकेटले पराजित हुँदै नेपाल एक खेलअगावै प्रतियोगिताबाट बाहिरिएको हो । टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले १३१ रन मात्र बनाएको थियो । १३२ रनको सामान्य लक्ष्य अफगानिस्तानले ३७ ओभर ३ बलमा सात विकेट गुमाएर पूरा गर्यो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३८ ओभर ३ बलमा अलआउट हुँदै १३१ रन बनाएको थियो । नेपालका लागि रोहितकुमार पौडेलले ४९ रन जोडे पनि टोलीको उच्च स्कोर बन्न सकेन । नेपालका लागि राशिद खानले २९ तथा कप्तान आरिफ शेखले २० रन जोडे । ऋत गौतमले १० रन जोड्दा नेपालका अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् ।

नेपाललाई १३१ रनमै समेट्ने क्रममा अफगानिस्तानका अजमातुल्लाह ओमरजाईले चार विकेट लिए । कैस अहमद र अब्दुल रहमानले समान दुई÷दुई विकेट लिएका थिए । अङ्क तालिकामा नेपाल र युएईले खाता खोल्न सकेका छैनन् ।

भारत र अफगानिस्तान दुई–दुई खेल जित्दै समान चार÷चार अङ्क जोडेर सेमिफाइनलमा प्रवेश गरेको छ । यसअघि असोज १३ गते भएको पहिलो खेलमा नेपाल भारतसँग १७१ रनले पराजित भएको हो । नेपालले मङ्गलबार युएईसँग खेल्नेछ ।

सम्बन्धित शीर्षकहरु

आगामी बजेटमा ज्येष्ठ नागरिक भत्ता बढ्छ : प्रधानमन्त्री

कात्तिक १, भद्रपुर - भद्रपुर प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेटमा ज्येष्ठ नागरिकको भत्ता बढाइने......

प्रधानमन्त्री ओलीद्वारा विमोचन

कात्तिक १, भद्रपुर – प्रधानमन्त्री केपी शर्मा ओलीले आज झापामा नेपाल रेडक्रस सोसाइटी, झापाले प्रकाशन गरेको......