ब्रेकिङ न्युज

तेल ट्याङ्कर दुर्घटनापछि आगलागी, ५० जनाको ज्यान गयो

प्रकाशित मिति: October 7, 2018 11:35 am

किन्सासा – प्रजातान्त्रिक गणतन्त्र कङ्गोको मध्यक्षेत्रको एमबुजा ग्रामिण इलाकामा एउटा तेल ट्याङ्कर दुर्घटनापछि भएको आगलागीमा परी कम्तीमा ५० जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।

दुर्घटनापछि ट्याङ्करबाट पोखिएको पेट्रोलियम पदार्थमा आगो सल्केको र नजिकैको गाउँमा फैलिँदा ५० जनाको मृत्यु भएको, दर्जनौ मानिस घाइते भएका र ठूलो धनराशी बराबरको भौतिक सम्पत्तीको क्षति भएको एमबुजा क्षेत्रका गभर्नर अतु मतुबौनाले पुष्टि गरे ।

पेट्रोलियम पदार्थ लिएर मातडीबाट किन्सासा गइरहेको ट्याङ्कर बाटोमा रोकेर राखिएको ट्रकमा ठक्कर खाएको थियो । घटनास्थलमा घाइते व्यक्तिलाई उद्धार गरी नजिकैका अस्पतालमा पठाइसकिएको गभर्नर मतुबौनाले बताए ।

सम्बन्धित शीर्षकहरु

आगामी बजेटमा ज्येष्ठ नागरिक भत्ता बढ्छ : प्रधानमन्त्री

कात्तिक १, भद्रपुर - भद्रपुर प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेटमा ज्येष्ठ नागरिकको भत्ता बढाइने......

प्रधानमन्त्री ओलीद्वारा विमोचन

कात्तिक १, भद्रपुर – प्रधानमन्त्री केपी शर्मा ओलीले आज झापामा नेपाल रेडक्रस सोसाइटी, झापाले प्रकाशन गरेको......