ब्रेकिङ न्युज

ट्याक्सीको ठक्करबाट मोटरसाइकल चालक २३ वर्षीय लामाको मृत्यु

प्रकाशित मिति: October 10, 2018 11:29 am

काठमाडौँ, २४ असोज – काठमाडौँ सीतापाइला चोकमा बा २ ज २५६९ नम्बरको ट्याक्सीले गए राति बा ६६ प ४६०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा काभ्रेपलाञ्चोक रोशी गाउँपालिकाका २३ वर्षीय नीरज लामाको मृत्यु भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले दुर्घटनामा गम्भीर घाइते लामाको उपचारका क्रममा गए राति २ बजे मनमोहन अस्पतालमा मृत्यु भएको जानकारी दिए । दुर्घटनामा मोटरसाइकलको पछाडि रहेका काभ्रेकै २३ वर्षीय प्रकाश तामाङ गम्भीर घाइते भएका छन् । घाइते तामाङको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

आगामी बजेटमा ज्येष्ठ नागरिक भत्ता बढ्छ : प्रधानमन्त्री

कात्तिक १, भद्रपुर - भद्रपुर प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेटमा ज्येष्ठ नागरिकको भत्ता बढाइने......

प्रधानमन्त्री ओलीद्वारा विमोचन

कात्तिक १, भद्रपुर – प्रधानमन्त्री केपी शर्मा ओलीले आज झापामा नेपाल रेडक्रस सोसाइटी, झापाले प्रकाशन गरेको......