ब्रेकिङ न्युज

नेपालको लगातार पाँचौँ जित : चीन १० विकेटले पराजित

प्रकाशित मिति: October 10, 2018 12:31 pm

काठमाडौँ, २४ असोज – आइसिसी विश्व टी–२० एशिया छनोट समूह ‘बी’ मा नेपालले लगातार पाँचौँ जित निकालेको छ ।

आज मलेसियाको राजधानी क्वालालम्पुरस्थित वायुमस ओभल क्रिकेट मैदानमा भएको खेलमा चीनलाई १० विकेटले पराजित गर्दै लगातार पाँचौँ जित निकालेको हो । टस हारेर पहिले ब्याटिङ गरेको चीनले १३ ओभरमा पूरै विकेट गुमाउँदै २६ रन मात्र जोड्न सक्यो । चीनका होङ जियाङ यानले ११ रनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कको रन बनाउन सकेनन् । चीनका सातजना ब्याट्सम्यान शून्य रनमै आउट भए ।

चीनलाई २६ रनमै सीमित गर्ने क्रममा नेपालका सन्दीप लामिछाने, वसन्त रेग्मी र ललित राजवंशीले तीन/तीन विकेट लिए । चीनले दिएको २७ रनको लक्ष्य नेपालले ११ बलमै बिनाविकेटको क्षतिमा पूरा गर्यो । नेपालको जितमा ओपनर विनोद भण्डारीले अविजित २४ र प्रदीप ऐरीले पनि अविजित चार रन जोडे । चीनलाई १० विकेटले हराएर नेपालले अपराजित यात्रा कायम राखेको हो । एशिया छनोटको दोस्रो चरणमा पुगिसकेको नेपालले अन्तिम खेलमा शुक्रबार सिङ्गापुरसँग खेल्नेछ । जितसँगै छनोटमा नेपाल पाँच खेलबाट १० अङ्क जोडेर शीर्ष स्थानमा छ । चीन भने पाँच खेलमै पराजित हुँदा तालीकामा अङ्कविहीन हुँदै पुछारमा रहेको छ ।

सम्बन्धित शीर्षकहरु

आगामी बजेटमा ज्येष्ठ नागरिक भत्ता बढ्छ : प्रधानमन्त्री

कात्तिक १, भद्रपुर - भद्रपुर प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेटमा ज्येष्ठ नागरिकको भत्ता बढाइने......

प्रधानमन्त्री ओलीद्वारा विमोचन

कात्तिक १, भद्रपुर – प्रधानमन्त्री केपी शर्मा ओलीले आज झापामा नेपाल रेडक्रस सोसाइटी, झापाले प्रकाशन गरेको......