ब्रेकिङ न्युज

आज बाट नवरात्र शुरु कुन राशिलाई राम्रो कुनलाई नराम्रो हुन्छ हेर्नुहोस्

प्रकाशित मिति: October 10, 2018 12:57 pm

आज असोज २४ गतेबाट नवरात्रि शुरु हुँदैछ। यस नवरात्रिमा कुन राशिलाई कस्तो असर पर्छ हेर्नुहोस् :

मेष
मेष राशि हुनेहरुलाई नवरात्रि भर लाभ मिल्ने देखिन्छ। नोकरीको क्षेत्रम धेरै लाभ मिल्ने देखिन्छ भने व्यवसायमा पनि प्रगति हात लाग्न सक्छ। दिनदुखिहरुलाई सहयोग गर्नाले खुशी मिल्नेछ। स्वास्थ्यको हिसावले पनि नवरात्रि लाभदायक हुने देखिन्छ।

वृष

वृष राशि हुनेहरुलाई धन–सम्पत्तिसँग सम्बन्धित कार्यमा दुख मात्रै मिल्ने देखिन्छ भने आर्थिक भारले पनि सताउन सक्ला। स्वास्थ्यमा केहि असर नपरोस भन्नेको लागि खान–पानमा ध्यान दिनु होला। तर धार्मिक कार्यले भने केहि सकारात्मक प्रभाव पार्न सक्ला।

मिथुन

नवरात्रि शुरु हुने बितिकै यस राशि हुनेहरुको दैनिकीमा परिवर्तन आउन सक्ला। अड्किएका कार्यहरु सुचारु हुने देखिन्छ भने नयाँ कार्य थालनीको लागि पनि परिवारबाट सहयोग मिल्नेछ। यात्राको सम्भावना हुने देखिन्छ भने प्रेम सम्बन्धमा पनि समय राम्रो हुन सक्ला।

कर्कट

नवरात्रि भर कर्कट राशि हुनेहरुमा उर्जा बढेर जाने देखिन्छ भने स्वास्थ्यमा पनि सुधार आउन सक्ला। आर्थिक समस्या हटाउनको लागि परिवार साथै आफन्तबाट सहयोग मिल्नेछ। नसोचेको क्षेत्रमा लाभ मिल्न सक्ला। धार्मिक यात्रा पनि हुन सक्ने देखिन्छ।

सिंह

नवरात्रिभर सामाजिक रुपमा लाभ मिल्ने देखिन्छ भने राजनीतिक रुपमा पनि छबि राम्रो बनाउने मौका पनि मिल्न सक्छ। तर आफ्नै भनिएकाले धोका दिन सक्ने हुँदा संयम रहेको उचित हुने देखिन्छ। साथै आफ्नो गोपनियतामा ध्यान दिनु होला।

कन्या

नवरात्रि यस राशि हुनेहरुलाई मिश्रित हुने देखिन्छ। आर्थिक रुपमा समय राम्रो हुने भएता पनि स्वास्थ्यले भने खासै साथ नदिने देखिन्छ। साथै कानुनी समयले सताउन सक्ला। अध्ययनमा सफलता मिल्नुका साथै निर्यात–आयातको कार्यमा सफलता मिल्नेछ।

तुला

नवरात्रि यस राशि हुनेहरुलाई खासै शुभ नहुने देखिन्छ। आँखा सम्बन्धि समस्याले सताउन सक्ला भने सोचेको जस्तो आर्थिक लाभ नमिल्ने देखिन्छ। अत्याधिक खर्च हुनाले आर्थिक रुपमा कम्जोर हुने समय रहने देखिन्छ। शत्रु हावी हुन सक्ने हुँदा संयम रहनु होला।

वृश्चिक

नौकरीपेशामा हुनेहरुलाई नवरात्रि खासै शुभ नहुने देखिन्छ। उच्चअधिकारीहरुसंग विवाद हुन सक्ने हुँदा संयम रहनु उचित हुने देखिन्छ। बोलि र व्यवहारमा समानता नहुँदा लज्जित हुनु पर्ने देखिन्छ। साथै नवरात्रि भर यात्रा नगरेकै उचित हुन सक्ला।

धनु

नवरात्रिभर यस राशि हुनेहरुलाई कानुनी समस्या देखि छुटकारा पाउने मौका मिल्न सक्ला भने सामजिक रुपमा मदभेद रहेका विषयमा पनि सफलता मिल्ने देखिन्छ। अध्ययनमा सफलता मिल्नाले उर्जा बढेर जाने देखिन्छ। तर स्वास्थ्यमा भने केहि संयमता अपनाउनु उचित हुन सक्ला।

मकर

नवरात्रि यस राशि हुनेहरुलाई धेरै शुभ हुने देखिन्छ। हरेक क्षेत्रमा सफलता मिल्नेछ। आर्थिक मात्र नभई सामाजिक र पारिवारिक रुपमा पनि समय सुखद हुनेछ। कलाकार साथै खेलाडीहरुको लागि पनि समय शुभ हुनेछ।

कुम्भ

नवरात्रि भर यस राशि हुनेहरुलाई मिश्रित फल मिल्ने देखिन्छ। आर्थिक रुपमा समस्या हुने भएता पनि परिवारबाट भने राम्रै सहयोग मिल्नेछ। आफन्त साथै प्रेमीबाट आर्थिक सहयोग मिल्न सक्ला। तर यात्रा गर्दा संयमता अपनाउनु होला। स्वास्थ्यको कारण आर्थिक समस्या बढ्न सक्ला।

मीन

नवरात्रि भर निष्ठापूर्वक नवदुर्गाको ध्यान गर्नाले मनमा शान्ति छाउन सक्ला। फलामको कारमा सफलता मिल्ने देखिन्छ भने परिवारमा भएका समस्या हल हुने देखिन्छ। स्वास्थ्यले साथ दिँदा यात्रा गर्ने अवसर पनि प्राप्त हुने देखिन्छ।

सम्बन्धित शीर्षकहरु

आगामी बजेटमा ज्येष्ठ नागरिक भत्ता बढ्छ : प्रधानमन्त्री

कात्तिक १, भद्रपुर - भद्रपुर प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेटमा ज्येष्ठ नागरिकको भत्ता बढाइने......

प्रधानमन्त्री ओलीद्वारा विमोचन

कात्तिक १, भद्रपुर – प्रधानमन्त्री केपी शर्मा ओलीले आज झापामा नेपाल रेडक्रस सोसाइटी, झापाले प्रकाशन गरेको......