ब्रेकिङ न्युज

भीरबाट लडेर युवतीको ज्यान गयो

प्रकाशित मिति: October 10, 2018 2:26 pm

बनेपा, २४ असोज – पनौती नगरपालिका–१० मा एक युवतीको भिरबाट लडेर मृत्यु भएको छ । घाँस काट्न गएकी सालिमटारकी ३५ वर्षीया तियुकी तामाङको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार हिजो दिउँसो घरबाट घाँस काट्न जङ्गल गएकी तामाङ बेलुका घर नआएपछि खोजतलास गर्ने क्रममा आज बिहान घरदेखि डेढ किलोमिटर टाढाको ठूलो भिर भन्ने ठाउँमा लडेर मृत्यु भएको अवस्थामा फेला पारिएको थियो ।

सम्बन्धित शीर्षकहरु

आगामी बजेटमा ज्येष्ठ नागरिक भत्ता बढ्छ : प्रधानमन्त्री

कात्तिक १, भद्रपुर - भद्रपुर प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेटमा ज्येष्ठ नागरिकको भत्ता बढाइने......

प्रधानमन्त्री ओलीद्वारा विमोचन

कात्तिक १, भद्रपुर – प्रधानमन्त्री केपी शर्मा ओलीले आज झापामा नेपाल रेडक्रस सोसाइटी, झापाले प्रकाशन गरेको......