डुब्नै लागेको देशलाई बचाउन र बामदेवलाई जिताउन राजीनामा दिएको भन्दै नेकपाका रामवीरले गरे खुलासा (हेर्नुहोस् भिडियो)

प्रकाशित मिति: October 10, 2018 6:53 pm

काठमाडौँ – काठमाण्डौ क्षेत्र नम्बर सातबाट राजिनामा दिएर नेकपाको वरिष्ट नेता वामदेव गौतमलाई मार्ग प्रसस्त गरेका रामवीर मानन्धरले समृद्ध नेपालको निर्माणको लागि आफुले सांसद पद छोड्ने निर्णय गरेको बताएका छन् । वामदेव गौतमको लागि मार्गप्रसस्त गर्न पाउँदा निकै खुसी लागेको उनले बताए । नेता गौतम मुुलुकको लागि आवश्यक नेता भएको उनको भनाइ छ । आफ्ना मतदाताको सम्मान गर्दै सांसद पदबाट राजिनामा दिने निर्णय गरिएको उनले बताए । नेता मानन्धरले पार्टी एकताको लागि पनि वामदेव गौतमको भुमिका महत्वपुर्ण रहेको उनले बताएका छन् ।

नेता वामदेवलाई जिताउनको लागि आफुले अभियान सञ्चालन गरीसकेको जानकारी दिए । नेता मानन्धरले अवसर पाएको खण्डमा पार्टी र सरकारभित्र रहेर जनताको पक्षमा काम गर्न तयार रहेको जानकारी दिए । उनले वामदेवलाई जिताउँदै नयाँ सन्देस दिन आफु आतुर रहेको उनको भनाइ छ ।

सम्बन्धित शीर्षकहरु

तत्काल राष्ट्रिय सहमतिको सरकार गठन गर्न सापकोटाको माग

चैत ७, काठमाडौं – राप्रपाका नेता शम्भुप्रसाद सापकोटा ‘अखण्ड’ ले तत्काल राष्ट्रिय सहमतिको सरकार गठन......

साना पूँजी जुटाएर ठूला आयोजना बनाउन सकिन्छ : प्रधानमन्त्री ओली

चैत ७, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका साना साना पूँजी सङ्कलित गरेर ठूला आयोजनामार्फत......