ब्रेकिङ न्युज

टिकटमा मनपरी : कसैलाई रित्तो हात, कसैलाई फालाफाल

प्रकाशित मिति: October 11, 2018 8:36 am

असोज २५, काठमाडौं – गोंगबु बसपार्क पुगेका अर्घाखाँचीका सयौज पोख्रेल टिकट काउन्टरमा पुग्नुभयो । अर्घाखाँची सन्धीखर्कका लागि टिकट दिनुस् भनेर काउन्टरका कर्मचारीसँग टिकट माग्नुभयो । काउन्टरका कर्मचारीले भने– ‘२७ गतेको टिकट प्याक छ । बिहानै आउनुहोला । गाडी थप गर्छौं ।’ अन्ततः सयौज टिकट नै नलिई रित्तै हात फर्किनुभयो ।

घर जान टिकट लिन बसपार्क पुगेका केशव पाण्डेले भन्नुभयो– ‘के गर्नु अग्रिम टिकट पूरै प्याक छ भनेर जवाफ पाएँ । अब क्याबिनमा मात्रै सिट छ रे ? क्याबिनमा त सात जनासम्म राख्छ । पोहोर पनि दुःख पाएको हुँ क्याबिन भनेर ।’ रोल्पा लिवाङ जाने तयारीमा रहेका पाण्डे पनि केही समय अलमलिए तर, टिकट पाएनन् असोज २९ को ।

अग्रिम टिकट लिएकाहरुको टिकटमा गते र रकम खुलाइए पनि गाडी नम्बर भने खुलाइएको छैन । त्यसका लागि टिकटमा प्रस्थानका लागि उल्लेख गरिएको गतेको एक घण्टा अघि बसपार्क पुगिसक्नुपर्ने काउन्टरका कर्मचारीले जनाएका छन् ।

दशैं नजिकिँदै गर्दा टिकटमा मनलाग्दी हुने गरेको पाइएको छ । टिकट काउन्टरमा बस्दै आएकाले आफन्तीलाई फोनको भरमा टिकट दिने गरेका छन् । टिकट काउन्टरका कर्मचारीसँग परिचित नभएका यात्रुले सहज रुपमा टिकट पाउन सकेका छैनन् ।
नेपाल समाचारपत्रको टिम बसपार्क पुग्दा टिकट काउन्टरमा कार्यरत कर्मचारीले फोन आएकै भरमा आफ्नो सर्टको गोजीबाट पाँचवटा अग्रिम टिकट आफ्ना नजिकका मान्छेलाई उपलब्ध गराएका थिए । नेपालसमाचारपत्रमा खबर छ ।

सम्बन्धित शीर्षकहरु

आगामी बजेटमा ज्येष्ठ नागरिक भत्ता बढ्छ : प्रधानमन्त्री

कात्तिक १, भद्रपुर - भद्रपुर प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेटमा ज्येष्ठ नागरिकको भत्ता बढाइने......

प्रधानमन्त्री ओलीद्वारा विमोचन

कात्तिक १, भद्रपुर – प्रधानमन्त्री केपी शर्मा ओलीले आज झापामा नेपाल रेडक्रस सोसाइटी, झापाले प्रकाशन गरेको......