ब्रेकिङ न्युज

डुङ्गा पल्टीँदा आठ जनाको ज्यान गयो, २५ जना बेपत्ता

प्रकाशित मिति: October 11, 2018 11:56 am

आङ्करा – अवैध आप्रवासीहरूलाई बोकेको डुङ्गा दुर्घटना हुँदा टर्कीमा कम्तीमा आठ जनाको मृत्यु भएको छ ।

घटनामा परी बुधबार अन्य २५ जना बेपत्ता भएको र उनीहरूको खोजी कार्य भइरहेको अधिकारीहरूले बताएका छन् ।

उद्धारकर्ताहरूले घटना लगत्तै खोजी गर्दा मृत्यु भएकाको शव भेट्टाएका थिए भने मृत्यु हुनेहरूको सङ्ख्या थप बढ्न सक्ने अनुमान पनि गरेका छन् ।

मृत्यु भएका र बेपत्ता भएकाहरू कुन कुन देशका थिए भन्ने एकिन भइनसकेको अधिकारीहरूले बताएका छन् ।

टर्कीमा बेलाबेलामा भइरहने यस्ता डुङ्गा दुर्घटनामा परी वर्षेनी सयौँको मृत्यु हुनेगरेको छ ।

सम्बन्धित शीर्षकहरु

आगामी बजेटमा ज्येष्ठ नागरिक भत्ता बढ्छ : प्रधानमन्त्री

कात्तिक १, भद्रपुर - भद्रपुर प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेटमा ज्येष्ठ नागरिकको भत्ता बढाइने......

प्रधानमन्त्री ओलीद्वारा विमोचन

कात्तिक १, भद्रपुर – प्रधानमन्त्री केपी शर्मा ओलीले आज झापामा नेपाल रेडक्रस सोसाइटी, झापाले प्रकाशन गरेको......