चालकले अब अनिवार्य जुत्ता लगाउनुपर्ने

प्रकाशित मिति: October 11, 2018 5:19 pm

असोज २५, भोजपुर – जिल्लाका सार्वजनिक सवारी साधनका चालकले अनिवार्य जुत्ता लगाउनुपर्ने नियम लागु गरिएको छ । चप्पल लगाएर सवारी साधन चलाउँदा दुर्घटना बढेको भन्दै दुर्घटना न्यूनीकरण गर्नका जुत्ता लगाउनुपर्ने नियम लागू गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयमा यातायात व्यवसायी, ट्राफिक प्रहरीलगायतको छलफलपछि यस्तो निर्णय गरिएको हो । जुत्ता नलगाई सवारी साधन चलाएमा सवारी अनुमतिपत्र निर्देशिकाअनुसार रु दुई हजार देखि पाँच हजारसम्म जरिवाना गर्न सक्ने ट्राफिक प्रहरीले जनाएको छ ।

त्यस्तै भोजपुरबाट लेगुवासम्मको ट्याक्सी भाडा घटाएर रु पाँच सयबाट चार सय कायम गरिएको छ । त्यसैगरी बसमा राख्ने गरिएका हर्न दुई वटा मात्र राख्न पाइने, एक महिनाभित्र सार्वजनिक सवारी साधनले बसको अगाडि, पछाडि, दायाँबायाँ र भित्रपट्टि नम्बर प्लेट अनिवार्य राख्नुपर्ने, सवारी साधनमा स्टिकर अनिवार्य राख्नु पर्ने लगायतका निर्णय गरिएको छ । यदि एक महीनासम्म पनि निर्णय कार्यान्वयन नगरे रु एक हजार जरिवाना गर्ने व्यवस्था छ ।

सम्बन्धित शीर्षकहरु

काङ्ग्रेसको कार्यालय भवन निर्माण

मङ्सिर २७, दमक – नेपाली काङ्ग्रेस झापा क्षेत्र नम्बर ५ को पक्की कार्यालय भवन निर्माण गरिएको छ । दमक–५ स्थित......

मुआब्जा समस्या समाधान गरी द्रुतमार्ग अघि बढ्छ : उपप्रधानमन्त्री पोखरेल

मङ्सिर २७, काठमाडौँ – उपप्रधानमन्त्री ईश्वर पोखरेलले ‘काठमाडौँ तराई/मधेश द्रुतमार्ग’को प्रवेशविन्दु......