चित्रकलाबाट कुसल बस्ताकोटी बिस्वभर चर्चित

प्रकाशित मिति: October 11, 2018 5:49 pm

काठमाडौँ – चित्रकलाबाटै यतिबेला चित्रकार कुसल बस्ताकोटी बिस्वभर चर्चित भएका छन । लामो समय देखि बिभीन्न दृश्यहरुलाई आफ्नो चित्रकलामा उतार्दै आइरहेका उनले केहि महिना भित्रै चित्रकला सबन्धि तिन अवार्ड हात पारे । साथै उनि हालै मात्र गोलोबल अवार्डमा समेत नोमिनेसनमा पर्न सफल भैसकेका छन ।

उनले हालै बिभीन्न देशहरुमा भएको चित्रकलामा आफ्नो चित्रकलालाई प्रतिस्पर्धा गराएका थिए । जहाँ उनि तिन ठाउमा विजयी समेत बनेका छन । उनि भन्छन् यो मेरो सफलता भन्दा पनि सम्पुण नेपालीको सफलता हो ।

पोखरामा जन्मिएका बस्ताकोटी हाल अमेरिकामा बस्दै आइरहेका छन । नेपालको प्रतिनिधित्व गर्दै उनले नेपालमा सुन्दर दृश्यहरुलाई बिस्वभर देखाइसकेका छन । बिशेस गरेर सुन्दर दृश्यहरुलाई आफ्नो चित्रकलामा उनि उतार्ने गर्दछन ।

उनको अबको योजना भने नेपाल आएर आफ्ना चित्रकलाहरुलाई पर्दशन गर्ने रहेको छ । उनले साउथ कोरियामा समेत आफ्नो चित्रकला पर्दशनी गरिसकेका छन ।

 

सम्बन्धित शीर्षकहरु

हिउँदे झरी अझै लम्बिने, सोमबार देखि फेरि वर्षा र हिमपात

फागुन ५, काठमाडौं – भू–मध्य सागरको वायुको प्रभाव पटक–पटक दोहोरिँदा हिउँदे झरी अझै लम्बिने भएको छ । आज......

दुबै हात नभएकी मेघालाई बिनु शाक्यले गरिन यति ठुलो सहयोग (हेर्नुहोस् भिडियो)

काठमाडौं – पछिल्लो समयमा बिजुलीको करेन्ट लागेर हात खुट्टा गुमाएका व्यक्तिहरु एक पछि अर्को गर्दै लगातार......