ब्रेकिङ न्युज

‘न यता न उता’को ‘चोलीको तुना” बोलको गीत सार्वजनिक

प्रकाशित मिति: October 11, 2018 7:37 pm

काठमाडौँ – विशारद बस्नेत र मिराज रोशको संयुक्त निर्देशनमा बनेको फिल्म ‘न यता न उता’को ‘चोलीको तुना” बोलको गीत सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार ऋचा शर्मा, छुल्ठिम गुरुङ, समिर दीक्षित, मिराज रोशका साथै बुद्धी तामाङ, नम्रता सापकोटा राजाराम पौडेल, कमल मणी नेपाल, जीवन भट्टराई, जयनन्द लामा, लुनिभा तुलाधर, भिमा मैनाली, राजन खतिवडा लगायत कलाकारको मुख्य भुमिका रहेको छ । चलचित्रलाई मिराज रोश र विशारद बस्नेतले मिलेर निर्देशन गरेका हुन् ।

सार्वजनिक गीतलाई विक्रम स्वारले कोरियोग्राफी गरेका हुन् । गीतमा राजन इशान, मिलन अमात्य, राजनराज सिवाकोटी र मिना सिंहको आवाज रहेको छ भने एकनारायण भण्डारीको शब्द रहेको छ । गीतमा मिलन जलन र राजन इशानको संगीत रहेको छ ।

सम्बन्धित शीर्षकहरु

आगामी बजेटमा ज्येष्ठ नागरिक भत्ता बढ्छ : प्रधानमन्त्री

कात्तिक १, भद्रपुर - भद्रपुर प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेटमा ज्येष्ठ नागरिकको भत्ता बढाइने......

प्रधानमन्त्री ओलीद्वारा विमोचन

कात्तिक १, भद्रपुर – प्रधानमन्त्री केपी शर्मा ओलीले आज झापामा नेपाल रेडक्रस सोसाइटी, झापाले प्रकाशन गरेको......