ब्रेकिङ न्युज

बन्ने भयो ‘जात्रा’को सिक्वेल ‘जात्रै जात्रा’

प्रकाशित मिति: October 11, 2018 8:27 pm

काठमाडोँ – चलचित्र ‘जात्रा’को सिक्वेल ‘जात्रै जात्रा’को अफिसियल घोषणा भएको छ । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच निर्माण टिमले फिल्म निर्माणको औपचारिक जानकारी गरायो ।

विपिन कार्की, बर्षा राउत, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा लिड अभिनयमा रहँदा प्रकाश घिमिरे, सोहित मानन्धर, अन्जु महर्जन, सुस्मिता कार्की, प्रेम पाण्डे, कालु राना, प्रियंका झा, कविन्द्र त्रिपाठी लगायतको पनि फिल्ममा भुमिका रहनेछ ।

प्रदिप भट्टराईको निर्देशन रहने फिल्मको कथा पनि भट्टराईको नै हुनेछ । सिंगे लामा र यादव पौडेल निर्माता रहने फिल्मको कार्यकारी निर्मातामा रविन्द्रसिंह बानियाँ हुनेछन् ।

छायांकन शिवराम श्रेष्ठको रहने फिल्मलाई सम्पादन मित्र डी गुरुङले गर्नेछन् । कार्यकारी निर्माता तथा लिड कलाकार रविन्द्र सिंह बानियाँले ‘जात्रा भन्दा राम्रो कथा नपाएसम्म यसको सिक्वेल नबनाउने बताएको भन्दै त्यो भन्दा राम्रो कथा पाएपछि यसको सिक्वेल बनाउन लागेको बताए ।

सम्बन्धित शीर्षकहरु

आगामी बजेटमा ज्येष्ठ नागरिक भत्ता बढ्छ : प्रधानमन्त्री

कात्तिक १, भद्रपुर - भद्रपुर प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेटमा ज्येष्ठ नागरिकको भत्ता बढाइने......

प्रधानमन्त्री ओलीद्वारा विमोचन

कात्तिक १, भद्रपुर – प्रधानमन्त्री केपी शर्मा ओलीले आज झापामा नेपाल रेडक्रस सोसाइटी, झापाले प्रकाशन गरेको......