काभ्रेमा जुफा कप फुटबल प्रतियोगिता शुरु

प्रकाशित मिति: November 1, 2018 1:19 pm

काभ्रे – काभ्रेको ज्याम्दीमा दोस्रो जुफा कप फुटबल प्रतियोगिता शुरु भएको छ । शुक्रबार देखि शुरु भएको प्रतियोगितामा चौध टिम प्रतिष्पर्धामा उत्रिएका छन् ।

ज्याम्दी युनाइटेड फुटबल एशोसिएसन जुफा ले विजया दशमी तथा शुभ दिपावलीको अवसर पारेर हरेक वर्ष जुफा कप फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ । यस वर्षको प्रतियोगिता भने कार्तिक ९ गते देखि १९ गतेसम्म संचालन हुनेछ । प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि यूवा संघ नेपालका कोषाध्यक्ष अमित लामाले गरेका थिए ।

प्रतियोगिताको उद्घाटन गदै कोषाध्यक्ष लामाले देश विकासको मेरुदण्ड भनेकै यूवा वर्ग भएकाले सबै यूवाहरु परिवर्तनको अभियानमा लाग्नुपर्ने बताएका छन् । यसैगरी कार्यक्रममा जिसस काभ्रेका सदस्य प्रेम लामा, नेकपा काभ्रेका सदस्य एवं यूवा संघ नेपालका केन्द्रीय सदस्य राकेश लामा ,नेकपा ज्याम्दीका यूवा नेता भीम लामाले लामाले समाज परिवर्तनमा यूवाहरुले खेल्नुपर्ने भुमिकाका विषयमा मन्तव्य राखेका थिए ।

फूटबल प्रतियोगिता भुम्लु गाउँपालिका १० ज्याम्दीको देउराली खेलमैदानमा भैरहेको छ । फुटबल शुरु भएसंगै त्यस भेगका स्थानीयहरु दैनिक रुपमा खेलमा रम्दै आइरहेका छन् । प्रतियोगितामा प्रथम हुनेले २५ हजार, द्धितिय हुनेलाई १५ हजार र तृतियलाई १० हजार नगद तथा ट्रफी, मेडल तथा प्रमाणपत्र पाउनेछन् ।

आयोजक संस्थाका अध्यक्ष टिकाराम लामाले उत्कृष्ठ गोलकर्ता, उत्कृष्ठ डिफेन्स, उत्कृष्ठ खेलाडि, उत्कृष्ठ मिल्डफिल्टर, उत्कृष्ठ किपर र अन्य खेलाडीहरुलाई समेत सम्मान गर्ने बताए ।

प्रतियोगिताको समापन तथा पुरस्कार वितारण कार्तिक १९ गते नेपाल सरकारका सुचना, सञ्चार तथा प्रविधी मन्त्री श्री माननीय गोकुलप्रसाद बाँस्कोटाले गर्ने अध्यक्ष लामाले जानकारी दिए ।

सम्बन्धित शीर्षकहरु

प्रहरीमा ३ हजार ६०० दरबन्दी थप्न सिफारिस

काठमाडौँ – गृह मन्त्रालयले नेपाल प्रहरीमा ३ हजार ६०० दरबन्दी थप्न सिफारिस गरेको छ । तीन प्रहरी वरिष्ठ......

छोराको आसमा १२ गर्भधारण

काठमाडौँ – ताँजकोट गाउँपालिका–२ कटेल गाउँकी शर्मिला जैसीले १६ वर्षकै उमेरमा विवाह गरिन् । ३५ वर्ष......