तेस्रो स्थानका लागि नेपालले आज भारतसँग भिड्दै

प्रकाशित मिति: November 3, 2018 11:26 am

कात्तिक १७, काठमाडौँ – साफ यू–१५ फुटबल प्रतियोगिताअन्तर्गत तेस्रो स्थानका लागि नेपाल र भारत आज दिउँसो प्रतिस्पर्धा गर्दैछन् ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा उक्त खेल आयोजना हुँदैछ । नेपाल सेमिफाइनलमा बिहीबार पाकिस्तानसँग ४–० गोलले पराजित भएको थियो भने भारत पनि बङ्गलादेशसँग पराजित भएको थियो ।प्रतियोगितामा समूह चरणको पहिलो खेलमा माल्दिभ्सविरुद्धको जित नै नेपालको एक मात्रै जित रह्यो । माल्दिभ्सविरुद्ध ४–० को सानदार जित निकालेको नेपालले दोस्रो खेलमा बङ्गलाादेशसँग २–१ गोल अन्तरले पराजित भयो ।

पहिलो खेलमै पाकिस्तानसँग २–१ गोल अन्तरले पराजित भएको भारत अन्तिम खेलमा भूटानमाथि जित निकाल्दै सेमिफाइनल पुगेको थियो । उक्त प्रतियोगिताअन्तर्गत आजै अपराह्न हुने अन्तिम चरणको खेलमा पाकिस्तान र बङ्गलादेश प्रतिस्पर्धा गर्नेछन् ।

सम्बन्धित शीर्षकहरु

सञ्चारमन्त्री गोकुल बास्कोटाले राजीनामा दिए

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पदबाट राजीनामा दिएका छन् । सेक्युरिटी......

माला लगाएर कारागारबाट छुटे महरा

काठमाडौँ – निवर्तमान सभामुख कृष्णबहादुर महराले सोमबार सफाइ पाएका छन्। उनलाई काठमाडौं जिल्ला अदालतका......