“उल्लु भएँ म” भन्दै आइन् गायिका रेश्मा सुनुवार (भिडियो)

प्रकाशित मिति: November 4, 2018 8:00 am

काठमाडौँ – म्युजिक भिडियो निर्देशक बिभोर पोख्रेलको निर्देशन रहेको भिडियोमा कोरियोग्राफी र लिड मेल मोडलमा अनुराग ठकुरी रहेका छन्। अनुराग सँगै भिडियोमा फिमेल मोडलमा स्वीकृति प्याकुरेल , समिता ओझा र डिचेन लामा लाई फिचर गरिएको छ।

कोरियोग्राफीमा नयाँ कन्सेप्ट क्यामेरा सँगको केमेष्ट्री मिलाउन निकै गारो भएको थियो भिडियो को टेष्ट फरक पार्नु नै मेरो लक्ष थियो कोरिग्राफ़र अनुराग ठकुरीले हामी सँग भने ‘मेरो ४ दर्जन भन्दा बढी भिडियोमा कोरिग्राफी छ तर यो जतिको मेहेनत अहिले सम्म मैले गरेको छैन । ’ सार्वजनिक म्युजिक भिडियो अहिले सम्मकै नेपाली म्युजिक भिडियोहरुमा फरक किसिमको मेकिङ्ग गरिएको छ।

हलिउड फ्लेबरको मेकिङ्ग रहेको यस भिडियो लाई सिनेमाटोग्राफर अनिल के मानन्धरले खिचेका हुन्। हामीलाई यो भिडियो निर्माण गर्न ५ दिन लाग्यो लगातार ५ दिनको मेहेनतले यो भिडियो हलिउड फ्लेबरको बनेको हो अनिलले जानकारी दिए। चितवनको रमणीय स्थानमा छायांकन गरिएको यस गीतमा निर्देशक बिभोर पोख्रेलको मेहेनत राम्रै देखिन्छ । उनले भिडियोमा गायिकाको लिप सिंग देखि ४ जना मोडलहरुलाई राम्रै फ़िचरिङ्ग गराएका छन।

चितवनलाई फरक लुक्समा देखाएका निर्देशक पोख्रेलले भने ‘भिडियो हेरेपछि चितवनको सुन्दरता अझै नजिक बाट देख्नेछन दर्शकहरुले । ’ गायिका रेश्मा सुनुवारको गीत तथा संगीत र आवाजमा तयार भएको गीत उल्लुलाई गायिका सुनुवार कै अफिसिएल युटुब बाट सार्वजनिक गरिएको छ। ‘यो गीत उल्लुको लागि मैले धेरै मेहेनत गरको छु केहि फरक गर्ने कोसिसमा उल्लु तयार गरेको हुँ गायिका सुनुवारले हामि सँग भनिन्।’,

सम्बन्धित शीर्षकहरु

सरकारले पशुपति शर्माको गीत बन्द गराएको भन्दै कांग्रेस रुष्ट

फागुन ५, काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् पूर्व कानुनमन्त्री शेरबहादुर......

सोमबारदेखि पुनः वर्षा र हिमपात दोहोरिने

काठमाडौँ, ५ फागुन – पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भूभागमा आंशिक बदली भई पूर्वी र पश्चिमी......