तिहारमा मिठो र स्वादिष्ठ सेलरोटी बनाउने अहिले सम्मकै सजिलो तरिका (हेर्नुहोस् भिडियोमा)

प्रकाशित मिति: November 6, 2018 6:33 pm

काठमाडौँ – तिहारमा दिदी बहिनीले सेल रोटी पकाएर दाजु भाईलाई खुवाउने प्रचलन नेपाली समाजमा परम्पराबाट नै चल्दै आएको हो।

कतिपयलाई सेलरोटी खान निकै मनपर्ने भएपनि पकाउन भने गाह्रो मान्दछन्। तर यो तलको विधि अपनाउनु भयो भने सेल रोटी सजिलो तरिकाले बनाउन सकिन्छ । हेर्नुहोस् तलको विधि :

आवश्यक सामग्री : चामल वा चामलको पिठो, चिनी, घ्यु, तेल

विधि : चामललाई एक रातभरी भिजाउने र अर्को दिन पिस्नुपर्छ । सेलरोटीका लागि थोरै खस्रो पीठो राम्रो मानिन्छ। चामलको पीठोमा घ्यु र चिनी हालेर राम्रोसंग माड्नु पर्छ। धेरै समय भिजाउँदा रोटी नरम र भाँचिने डर हुँदैन।

त्यस्तैगरी तातो पानी थोरै थोरै राख्दै सेलरोटीका लागि पीठो तयार गर्नुपर्छ। पीठो धेरै पातलो या धेरै बाक्लो हुनुहुँदैन। कराई वा राम्रा खालको ताक्केमा तेल तताउनुहोस्।

अब आवश्यक मात्रामा हातले पिठो अड्कलेर तातो तेलमा पिठो खसाल्नुहोस् । जहाँ तपाईलाई हातले गाह्रो लाग्यो भने सोलीले पनि पिठो घुमाएर सेल रोटी बनाउन सक्नुहुनेछ।

अझै जानकारी लिन भिडियो हेर्नुहोस् :

सम्बन्धित शीर्षकहरु

छोराको आसमा १२ गर्भधारण

काठमाडौँ – ताँजकोट गाउँपालिका–२ कटेल गाउँकी शर्मिला जैसीले १६ वर्षकै उमेरमा विवाह गरिन् । ३५ वर्ष......

सम्झना भण्डारी र पशुपति शर्माले दशैँमा भित्र्याए “कान्छी बुहारी”

काठमाडौँ – चर्चित लोकप्रिय गायक पशुपति शर्मा र गायिका सम्झना भण्डारीको “कान्छी बुहारी” बोलको गीत......