घरमै बलात्कारमा परेकि युवती ८ महिनाकी गर्भवती, पोर्न धेरै हेर्नेको सिकार भइन्

प्रकाशित मिति: December 29, 2018 4:48 pm

एजेन्सी – भारत तमिलनाडुको कोयंम्बटुर सहरमा एक पोर्न बढि हेर्ने १८ बर्षीय युवकले आफ्नै बहिनीमाथि बलात्कार गरेका छन्। नाबालिग युवती अहिले आठ महीनाकी गर्भवती रहेको बताइएको छ।

घटनाको खुलासा तब भयो जब आमाबाबु उनको गर्भपतन गराउन अस्पताल लिएर गए, जहाँ अस्पतालका कर्मचारीले प्रहरीलाई खबर गरिदिए। युवक इन्जिनियरिङका विद्यार्थी थिए।

उनी अहिले फरार छ्न् । बलात्कारको सिकार भएकि बहिनीको उमेर मात्रै १३ बर्ष रेहेको बताइएको छ। प्रहरीका अनुसार युवक मोबाइलमा धेरै पोर्न हेर्थे र आफ्नी बहिनीलाई समेत देखाउने गर्थे। पछि उनले धेरैपटक बलात्कार गरे र उनको गर्भ बस्यो।

आमाबुबाले थाहा पाएपछि ति किशोरीलाई अस्पताल लगेका थिए तर, डाक्टरले गर्भपतन गर्न मानेनन्। डाक्टरले प्रहरीलाइृ समेत घटनाका बारे खबर गरेपछि घटना बाहिर आएको छ। प्रहरीले युवकविरुद्ध हाडनाता करणी मुद्धा दर्ता गरिसकेको छ र खोजी गरिरहको जनाएको छ।

सम्बन्धित शीर्षकहरु

ठमेलको नाइटक्लबमा युवाहरुसँग नाँचे पूर्व राजा र हिमानी (फोटो फिचर)

काठमाडौँ – पूर्व राजा ज्ञानेन्द्र शाहले शनिबार ठमेलको नाइट क्लब पुगेर सबैलाई सरप्राइज दिएका छन् । शाह......

मङ्सिर ६ देखि ९ गतेसम्म भारतसँग जोडिएको सीमानाका बन्द हुने

काठमाडौँ – भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका चार दिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय......