बीस लाखमै ट्रयाक खुल्छ : यसरी पुग्नेछ दोलालघाट जेटबोट !

प्रकाशित मिति: January 29, 2019 10:30 am

विजय अधिकारि / काभ्रे
केही दिन अगाडि मात्रै नेपालमा बराहक्षेत्र सिपिङ एण्ड रिसोर्ट प्रालिले नेपालमै पहिलोपटक व्यवसायिक प्रयोजनका लागि २ वटा पपुलर बोट लञ्च गरेको छ । यो मिनि जेट बोट हो, यसमा शौचालय सुबिधा सहित ७० यात्रु क्षमता रहेको छ, यसका कोचाकोच गरि अटाउदा बढिमा १०० जनासम्म अट्नसक्ने क्षमता रहेको छ । नेपालको ईतिहासमै ठुलो यात्रुक्षमता तथा व्यवसायीक प्रयोजनको जहाज यो पहिलो हो , विगतमा यस्तै ईन्जिनबाट चल्ने यो जहाज १४ सिटे क्षमताको लञ्च भएको र हाल त्यस्तै प्रकृतिको तर ठुलो यात्रुक्षमताको गरि ३ थान थप जहाज ल्याई जहाज सप्तकोसी नदिमा धरान चतरा बाट सप्तकोसी हुँदै दुधकोसि , सुनकोसि ,अरुण लगायतका नदि सम्म भविष्यमा यात्रा गर्न सकिने गरि जलपर्यटनको प्रयोजनका लागि प्रयोग हुने जानकारी आएको छ १ अहिले वराहक्षेत्र सिपिङ एण्ड रिसोर्ट प्रालिद्वारा सप्तकोसी नदिमा ल्याईएको जहाज समुन्द्रि तटबाट पर्यटकहरुलाई समुन्द्रको मज्जा दिलाउन प्रयोगमा आउने इन्जिन जडित जहाज हो , यसलाई “पपुलर बोट” भन्ने गरिन्छ ।

यो जहाज लञ्च भए सँगसँगै नेपालभर यसको चर्चा परिचर्चा चुलिएको छ । यसले नेपालको विकास र समृद्धिका सवाल तथा चाहनाहरुलाई उजागर गरेको छ यदि यो जहाज दुधकोसि जयरामघाट हुँदै सुनकोसि दोलालघाट र अरुण नदि हुँदै तुम्लिङटार सम्म पुर्याउन सकियो भने यसले प्रत्यक्ष रुपमा सुनसरी, धनकुटा, खोटाङ, भोजपुर, ओखलढुंगा, सिन्धुलि, रामेछाप र काभ्रेपलाञ्चोक तथा अप्रत्यक्ष रुपमा यी जिल्ला हरु सँगका छिमेकी जिल्लाका नागरिकहरुको जनजिवन, व्यापार, व्यवसाय र विकासमा टेवा पुग्नेछ । यो ट्रयाक १ नंवर प्रदेश र ३ नंवर प्रदेशको सबैभन्दा छोटो सम्पर्क सेतुका रुपमा विकास हुनेछ । यसले एकातर्फ यी दुई प्रदेशको विचमा सामाजिकआर्थिक साँस्कृतिक विकासमा टेवा पुर्याउछ भने अर्कोतर्फ अति कम लगानीमा उत्तर र दक्षिण छिमेकी विचमा कनेक्टिङ लिङ्क तयार गर्नेछ । नेपालका श्वप्निल प्रधानमन्त्री केपी सर्मा ओलीले नेपालको सप्तकोसी नदिमा पानिजहाज कुदाउने महत्वकांक्षि सपना देख्नुभएको छ र सोलाई मुर्तरुप दिन उहाँको नेतृत्वको सरकारले हालै पानिजहाज कार्यालय स्थापना समेत गरिसकेको छ । सप्तकोसिमा प्रथम पटक नेपाली निजि लगानिमा जेटबोट संचालन गर्ने व्यवसायी बिमलमान श्रेष्ठ हुन । जस्ले पहिलोपटक नेपाली झण्डा फहराउदै जेटबोट संचालन गरेका थिए । यसले हालसम्म पनि सप्तकोसी नदिमा जलविहार गराई आन्तरिक पर्यटनमा टेवा दिदै आएको छ ।

स्वप्निल प्रम केपी सर्मा ओली द्वारा जब पानीजहाजको परिकल्पना प्रस्तुत भएको थियो त्यो बेलामा उहाँलाई हावामा उडाउने हरु निकै थिए, कतिपयले त मानविय समवेदना समेत ख्याल नगरि बर्खे भेलले डुवानमा परेको ठाउँमा कागजको डुङ्गा बनाई खिल्ली समेत उडाएका थिए , उनिहरुलाई जब सप्तकोसी जेटबोट संचालनमा आयो, तब ठुलो झड्का लागेको थियो यद्यपि विरोधिहरुले विरोध भने गर्न छाडेका थिएनन यो पानिजहाज हैन जेटबोट हो भन्दै थिए । “सुखि नेपाली–समृद्ध नेपाल को परिकल्पना सहित सरकार आफ्ना कार्ययोजनाहरु अगाडि बढाउदै गर्दा विपक्षीहरु विरोधका स्वर पनि गुञ्जाउदै थिए । हो त्यो बेलामा ठूलो क्षमताको जहाज नेपालमा आएको थीएन तर यसले ठुलो सम्भावनालाई उजागर गरेको थियो । यसले जहाजको सपनालाई मुर्तरुप दिन सकिन्छ भन्ने सानो आधारपत्रको रुपमा काम गरेको थियो ।

जब एकाएक ७० यात्रु क्षमता सहित हाल बराहक्षेत्र सिपिङ एण्ड रिसोर्ट प्रालिले शौचालय सुबिधा सहितको जहाज लञ्च गर्यो तब यसले केहिलाई ससंकित तथा धेरैलाई आशावादि तुल्याएको छ ।

नेपालको सप्तकोसी नदिमा विगत ५० बर्ष भन्दा पहिलानै सगरमाथा आरोहण गर्ने क्रममा, यहि नदि हुँदै सर एडमण्ड हिलारीले “भर्खर लञ्च भएको” जस्तै जहाजमा अरुण नदि हुँदै तुम्लिङटार सम्म पुगेको र सप्तकोसिबाट दुधकोसि, जयरामघाट हुँदै सुनकोसी दोलालघाट (१७५ किमि)सम्म पुगेको जानकारी प्राप्त भएको छ । जसलाई पुष्टि गर्ने भिडियो सुनसरिका पत्रकार विराट अनुपम गौतमले अपलोड गरेको जानकारी प्राप्त भएको छ ।

यससँगै जलपर्यटन तथा जलविहारको क्षेत्रमा सम्भाव्यता अध्ययन हुँदा यसलाई अरुण नदि हुँदै तुम्लिङटार सम्म र दुधकोसि , सुनकोसि हुँदै दोलालघाट सम्म विस्तार गर्न सकिने पुष्टि भईसकेको तर यसलाई विस्तार गर्न पुर्वाधारको आवस्यक्ता रहेको छ । यससँगै सप्तकोसी नदि नेपालको कमजोरी हैन हतियार हो भन्ने पुष्टि भएको छ । सप्तकोसी नदि नेपालको विकास र परिवर्तनको हतियार बन्न सक्छ । यसले बर्खे भेल तथा बाढिको विनाश र बालुवा मात्रै बोक्ने नभई विकास समृद्धि व्यापार व्यवसाय र पर्यटनको अथाहा सम्भावना बोकेर बगेको छ । नेपालको दक्षिणी सिमाना भारत देखि उत्तर चाईना सम्म द्रुतगतिमा यातायातको लिङ्क गराउन सक्ने सम्भाव्यता बोकेको छ ।

यद्यपि यो नदिमा व्यवसायीक रुपमा यात्रुवाहक जहाज चलाउदै खोटाङ दुधकोसि जयरामघाट हुँदै काभ्रेको सुनकोसी दोलालघाट सम्म पुर्याउन केही चुनौती छन , त्यो भनेको धरान चतरा देखि काभ्रे दोलालघाट सम्म पर्ने नदिका विचमा रहेका चट्टान हरु र आर्को समस्या यहाँ कतै नदिको पानी एउटै ठाउँबाट बहने (साँघुरो ठाउँ भई बहने) समस्या छ । यसलाई निराकरण गर्न नदिका विचमा रहेका चट्टान फुटाउनुपर्ने र पानी साँघुरो भंगालो बनाई बहने ठाउँमा नदिलाई फराकिलो भई बहनेगरि विस्तार गरि ट्रयाक खोल्नुपर्छ । जसको लागि लगानी के कति लाग्छ ? १ अरब भए पुग्छ ? भन्ने सवालको जवाफमा पुर्वको जलपर्यटनका क्षेत्रमा लागेका व्यवसायी विमलमान श्रेष्ठ भन्नुहुन्छ : अरब हैन , करोड पनि नलागि यो सम्भब हुन्छ , अध्ययन भईसकेको छ, चतरादेखि दोलालघाट र चतरादेखि तुम्लिङटार सम्म यसलाई परिक्षण पनि सफलतापुर्बक सम्पन्न गरिसकिएको छ । यदि मलाई जिम्मा दिनेहो भने वा म आफैले गर्नुपर्यो भने म २० लाख लागतमै यस्तो “पपुलर इन्जिन” दोलालघाट सम्म पुर्याउन सक्ने ट्रयाक खोल्न सक्छु । यो २० लाखमै सम्भब छ, करोडौं लाग्दैन ।

सम्बन्धित शीर्षकहरु

बालश्रम अन्त्य गर्नुपर्छः मन्त्री घिमिरे

चैत ५, विराटनगर – बालश्रम दण्डनीय एवं कानूनी अपराध भएकाले यसतर्फ सम्बन्धित सबै पक्ष सचेत हुनुपर्नेमा......

बढी शुल्क फिर्ता गराउ : विवेकशील साझा

चैत ५, काठमाडौँ – विवेकशील साझा पार्टीले मेडिकल कलेजहरुले तोकिएभन्दा बढी शुल्क लिएर विद्यार्थीबाट......