पोखरेलको निधनले नेपाली भाषा, साहित्य र राष्ट्रलाई क्षति

प्रकाशित मिति: February 25, 2019 6:26 pm

फागुन १३, काठमाडौँ – नेपाल प्रज्ञा–प्रतिष्ठानले नेपाली भाषा साहित्यका मूर्धन्य व्यक्तित्व प्रा बालकृष्ण पोखरेलको निधनले नेपाली भाषा, साहित्यमा र राष्ट्रलाई नै अपूरणीय क्षति पुगेको जनाएको छ ।

प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले आइतबार प्रेस विज्ञप्ति जारी गरी प्रतिष्ठानका पूर्वप्राज्ञ परिषद् सदस्य एवं हाल आजीवन सदस्य पोखरेलको निधनले प्रतिष्ठान परिवार अत्यन्त दुःखी भएको उल्लेख गर्दै उहाँप्रति श्रद्धाञ्जलि अर्पणका साथ शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।
भाषाशास्त्रीय अध्ययन–अनुसन्धानका साथै साहित्यिक सिर्जना, समालोचना तथा मावनशास्त्रीय इतिहास र संस्कृतिको अन्वेषणका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनुभएका पोखरेलको आइतबार विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

सम्बन्धित शीर्षकहरु

बालश्रम अन्त्य गर्नुपर्छः मन्त्री घिमिरे

चैत ५, विराटनगर – बालश्रम दण्डनीय एवं कानूनी अपराध भएकाले यसतर्फ सम्बन्धित सबै पक्ष सचेत हुनुपर्नेमा......

बढी शुल्क फिर्ता गराउ : विवेकशील साझा

चैत ५, काठमाडौँ – विवेकशील साझा पार्टीले मेडिकल कलेजहरुले तोकिएभन्दा बढी शुल्क लिएर विद्यार्थीबाट......