मलेसियामा १ लाख २५ हजार नेपाली कामदार अवैध

प्रकाशित मिति: February 28, 2019 11:16 am

फागुन १६, काठमाडौँ – केही समयअघिसम्म नेपालमा सबैभन्दा धेरै रेमिट्यान्स भित्रिने मुलुक मलेसियामा १ लाख २५ हजारभन्दा बढी नेपाली कामदार अवैध रुपमा बसोबास गर्दै आएका छन् ।
पहिलो कम्पनी छोडेर अन्यत्र जाँदा हुने वैधानिक संकटका बारेमा जानकारी नहुँदा धेरैजसो नेपाली कामदार अवैध हुने गरेको मलेसियास्थित नेपाली राजदूतावासले जनाएको छ ।

मेनपावर कम्पनीमार्फत सम्झौता भएअनुरुपको तलब काम गर्ने कम्पनीले नदिएको , तोकिएभन्दा बढी र अप्ठ्यारो काम लगाएकोलगायत कारणबाट कामदारले कम्पनी परिवर्तन गर्ने गरेका छन् ।

तर, त्यसरी कम्पनी परिवर्तन गर्दा हुने कानुनी संकटका बारेमा धेरै कामदार अनभिज्ञ रहेको राजदूतावासका प्रथम सचिव विनोद मुखियाले बताए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा श्याम खतिवडाले लेखेका छन् ।

सम्बन्धित शीर्षकहरु

बालश्रम अन्त्य गर्नुपर्छः मन्त्री घिमिरे

चैत ५, विराटनगर – बालश्रम दण्डनीय एवं कानूनी अपराध भएकाले यसतर्फ सम्बन्धित सबै पक्ष सचेत हुनुपर्नेमा......

बढी शुल्क फिर्ता गराउ : विवेकशील साझा

चैत ५, काठमाडौँ – विवेकशील साझा पार्टीले मेडिकल कलेजहरुले तोकिएभन्दा बढी शुल्क लिएर विद्यार्थीबाट......