५३ जना विद्यार्थीलाई बेलायत भ्रमणमा लाने भ्याली पब्लिकको घोषणा

प्रकाशित मिति: March 8, 2019 5:51 pm

काठमाडौं – नेपाल र बेलायतबीच मौलिक कला संस्कृति र आदान प्रदान गर्ने उदेश्यले नेपालबाट शिक्षक र विद्यार्थी गरी ५३ जना नेपालीहरु बेलायत जाने भएका छन् ।

हार्रोगेट ब्रिगानेट र हिमालयन गोर्खाजको संयुक्त पहलमा स्याङजास्थित त्रिशहिद पब्लिक स्कुल र काठमाडौंमा रहेको भ्याली पब्लिक स्कुलका विद्यार्थी तथा शिक्षकहरु बेलायत जाने भएका हुन् । बिहीवार राजधानीको सम्वाद चौतारीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भ्याली पब्लिक स्कुलका संस्थापक प्रधानाध्यापक कृष्णप्रसाद अधिकारीले यो टोली आगामी चैत्र १५ गते बेलायत प्रस्थान गर्ने जानकारी दिए ।

स्याङजाकै पुरानो स्कुल त्रिशहिद पब्लिक स्कुलका २० जना विद्यार्थी र भ्याली पब्लिक स्कुलका २० जना विद्यार्थीका साथै अन्य विषयशिक्षक गरी ५३ जनाको टोली बेलायत जान लागेको हो । उनीहरु जम्मा २१ दिन बेलायतमा रहनेछन् । उनीहरु त्यहाँका विभिन्न १४ स्कुलमा जाने कार्यक्रम तय भएको उनले पत्रकारसामु बताए । त्यहाँ नेपाली विद्यार्थी र बेलायती विद्यार्थीहरुले आ आफ्नो कला र संस्कृतिलाई गीत नृत्यमार्फत प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

बेलायतको लण्डनबाट लगभग ३०० किलोमिटरको दुरीमा रहेको योर्कशायर सहरमा यो कार्यक्रम हुन लागेको हो । नेपालजस्तो कम विकशित मुलुकका विद्यार्थीहरु बेलायतजस्तो आधुनिक र विकशित देशमा गएर आफ्नो प्रस्तुति प्रदर्शन गर्न पाउनु गौरवको विषय भएको अधिकारीले बताए । त्यहाँ उनीहरुको एक अर्कामा अन्तरसंवाद, छलफल समेत हुनेछ । यसको लागत प्रायः सबै बेलायती संस्थाले ब्यहोर्ने उनले जानकारी गराए ।

सम्बन्धित शीर्षकहरु

बालश्रम अन्त्य गर्नुपर्छः मन्त्री घिमिरे

चैत ५, विराटनगर – बालश्रम दण्डनीय एवं कानूनी अपराध भएकाले यसतर्फ सम्बन्धित सबै पक्ष सचेत हुनुपर्नेमा......

बढी शुल्क फिर्ता गराउ : विवेकशील साझा

चैत ५, काठमाडौँ – विवेकशील साझा पार्टीले मेडिकल कलेजहरुले तोकिएभन्दा बढी शुल्क लिएर विद्यार्थीबाट......