अस्ट्रेलियामा गाडीले ठक्कर दिंदा एक नेपाली बिद्यार्थीको ज्यान गयो

प्रकाशित मिति: March 9, 2019 5:34 pm

मेलबर्न – अस्ट्रेलियामा सडक दुर्घटनामा परि एक नेपाली बिद्यार्थीको निधन भएको छ । अध्ययनको शिलशिलामा अस्ट्रेलियाको मेलबर्नस्थित ग्लेनरोय बस्दै आएकी बनेपाकि निश्मा श्रेष्ठको गाडीले ठक्कर दिंदा ज्यान गएको हो ।

करिब ९ महिनाअघि मेलबर्न आएकी निश्मा मेलबर्नस्थित लाट्रोब विश्वविद्यालयमा अध्ययनरत थिईन् । उनलाई काम सकेर राति करिब १ बजे घर फर्कदा सडक पार गर्ने क्रममा गाडीले ठक्कर दिंदा गम्भीर चोट लागेको थियो । तर उपचारकै क्रममा उनको गत मार्च ४ तारिखमा निधन भएको हो।

निधन हुनुअघि उनले अङ्ग दान गर्ने निर्णय गरेकी थिइन् भने उनका आफन्तहरू ७ मार्चमा मेलबर्न आइपुगेपछि मात्र अस्पतालले यो खबर औपचारिक रूपमा जानकारी दिएको थियो । उनको अन्त्येष्टी मेलबर्नमै गरिने जनाइएको छ

सम्बन्धित शीर्षकहरु

बालश्रम अन्त्य गर्नुपर्छः मन्त्री घिमिरे

चैत ५, विराटनगर – बालश्रम दण्डनीय एवं कानूनी अपराध भएकाले यसतर्फ सम्बन्धित सबै पक्ष सचेत हुनुपर्नेमा......

बढी शुल्क फिर्ता गराउ : विवेकशील साझा

चैत ५, काठमाडौँ – विवेकशील साझा पार्टीले मेडिकल कलेजहरुले तोकिएभन्दा बढी शुल्क लिएर विद्यार्थीबाट......