खेलकूदलाई उद्योगको रुपमा विकास गर्नुपर्छ : मन्त्री विश्वकर्मा

प्रकाशित मिति: March 10, 2019 1:40 pm

फागुन २६, कास्की – युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेलकूदलाई उद्योगका रूपमा विकास गर्नुपर्ने बताउका छन् । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि यही फागुन ३ गतेदेखि २५ गतेसम्म गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिताको समापन समारोहमा उनले विकसित देशले खेलकूदलाई उद्योगका रूपमा विकास गरी पर्यटन प्रवद्र्धन गरेकाले खेलपर्यटनको माध्यमबाट समृद्धिको आधार तयार गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।

खेलाडीको भविष्य सुनिश्चित नहुँदासम्म नयाँपुस्ताका खेलाडी खेल क्षेत्रमा नआउने भन्दै उनले भने, “खेलाडीको भविष्य सुनिश्चित नभएसम्म खेलक्षेत्रको समृद्धिको परिकल्पना गर्न सकिँदैन । खेलाडीको सेवासुविधालाई सरकारले प्राथमिकतामा राखेको छ ।”

मन्त्री विश्वकर्माले देशका सात प्रदेश र ७५३ स्थानीय तहमा एक/एक खेल ग्राम निर्माणका लागि सरकारले कार्यविधि पारित गरिसकेकाले पूर्वाधारको अभावमा खेलाडीले भोगिरहेको समस्या समाधान हुने विश्वास व्यक्त गरे । कार्यक्रममा मन्त्री विश्वकर्माले प्रदेशस्तरीय छनोटमा परेका विभिन्न खेलका विजेता खेलाडीलाई प्रमाणपत्र वितरण गरेका थिए ।

सम्बन्धित शीर्षकहरु

नेत्रविक्रम चन्दलाई वार्तामा ल्याउन आग्रह

चैत ४, काठमाडौँ – राष्ट्रियसभामा सांसद राधेश्याम अधिकारीले सरकारले प्रतिपक्षलाई विश्वासमा लिएर......

राजपाको विरोधः प्रतिनिधिसभाको बैठक अवरोध

चैत ४, काठमाडौँ – राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) कासांसदले तराई– मधेशमा भएको आन्दोलनको छानबीन गर्न......