इरानी राष्ट्रपति रौहानी इराक भ्रमणमा

प्रकाशित मिति: March 11, 2019 2:40 pm

फागुन २९, बग्दाद – इरानका राष्ट्रपति हसन रौहानी तीन दिने औपचारिक भ्रमणको क्रममा सोमबार इराकको राजधानी बग्दाद पुगेका छन् । अमेरिकाले इराकलाई छिमेकीहरुको सम्बन्ध सीमित राख्न दबाब दिइरहेका अवस्थामा रौहानीको औपचारिक भ्रमण भएको छ ।

तेहरानबाट प्रस्थान गर्नुअघि रौहानीले इरान र इराकबीच “विशेष सम्बन्ध” रहेको बताए । उनले इरान र इराकबीचको सम्बन्ध इराक र “आक्रमणकारी मुलुक अमेरिका”बीच रहेजस्तो सम्बन्ध होइन भन्दै छिमेकी मुलुकहरुलाई जस्तोसुकै सहयोग गर्न इरान तयार रहेको बताए ।

इराकीया टेलिभिजन च्यानलका अनुसार राष्ट्रपति रौहानीलाई बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा इराकका राष्ट्रपतिले स्वागत गरेका थिए । उनले इराकमा रहँदा वरिष्ट इराकी अधिकारीहरु, अरु राजनीतिक नेताहरु तथा धार्मिक नेताहरुसँग भेटघाट गर्नु हुनेछ ।

इराकी राष्ट्रपति बरहाम सलिहको निमन्त्रणामा इरानी राष्ट्रपति रौहानी बगदाद गएका हुन् । उनीहरुबीच द्विपक्षीय सम्बन्ध र सहयोगका बारेमा छलफल हुने बताइएको छ । इरानी विदेश मन्त्री मोहम्मद जावद जारिफ पनि रौहानीको भ्रमणका बारेमा छलफल गर्न आइतबार नै बगदाद पुगेका थिए ।
इरान र इराकबीच विगतमा दशौं वर्षसम्म भिषण युद्ध भएको थियो ।

सम्बन्धित शीर्षकहरु

बालश्रम अन्त्य गर्नुपर्छः मन्त्री घिमिरे

चैत ५, विराटनगर – बालश्रम दण्डनीय एवं कानूनी अपराध भएकाले यसतर्फ सम्बन्धित सबै पक्ष सचेत हुनुपर्नेमा......

बढी शुल्क फिर्ता गराउ : विवेकशील साझा

चैत ५, काठमाडौँ – विवेकशील साझा पार्टीले मेडिकल कलेजहरुले तोकिएभन्दा बढी शुल्क लिएर विद्यार्थीबाट......