इनारमा पुरिएका माझीको एक दिनपछि शव निकालियो

प्रकाशित मिति: March 12, 2019 12:14 pm

फागुन २८, काठमाडौँ – चन्द्रागिरी नगरपालिका–१२ मा इनार खन्ने क्रममा पुरिएका राम माझीको २६ घण्टापछि शव निकालिएको छ । आइतबार साँझ घरको इनार खन्ने क्रममा माटोको ढिस्को भत्किएर पुरिएका सिन्धुलीका ३५ वर्षीय माझीको सोमबार राति मृत अवस्थामा निकाल्न सकिएको हो ।

आइतबार इनारको रिङ हाल्ने क्रममा माटोको ढिस्को खसेर पुरिएका माझीको सोमबार रातिमात्र मृत अवस्थामा उद्दार गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्त लामाले जानकारी दिए । माझीको शव ३० फिट तलबाट निकालिएको उनले बताए ।

माटो निकै कमजोर भएको कारण उक्त घटना घटेपनि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले शव निकालेको हो । शव परीक्षणका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज पठाएको प्रहरीले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

बालश्रम अन्त्य गर्नुपर्छः मन्त्री घिमिरे

चैत ५, विराटनगर – बालश्रम दण्डनीय एवं कानूनी अपराध भएकाले यसतर्फ सम्बन्धित सबै पक्ष सचेत हुनुपर्नेमा......

बढी शुल्क फिर्ता गराउ : विवेकशील साझा

चैत ५, काठमाडौँ – विवेकशील साझा पार्टीले मेडिकल कलेजहरुले तोकिएभन्दा बढी शुल्क लिएर विद्यार्थीबाट......