मानस राजको “जे पर्ला पर्ला”

प्रकाशित मिति: March 12, 2019 7:21 pm

काठमाडौँ – गायक मानस राजको नयाँ गीत सार्वजनिक भएको छ । “जे पर्ला पर्ला” बोलको गीतमा मानस स्वयंको गायन, शब्द र संगीत छ । गीतलाई नरेन्द्र वियोगीले एरेञ्ज गरेका छन् ।

डिआईडिका सेमीफाईनलिस्ट सुरज मार्पा तामाङ ग्रुपका कलाकारहरु फिचर्ड गीतलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन् भने रिक्की कर्माचार्यको सम्पादन छ । गीतको भिडियोको कन्सेप्ट र निर्देशन सुरज मार्पा तामाङ हुन् । गायक मासन राज पनि भिडियोमा केमियो भूमिकामा छन् ।

आफ्नो अघिल्ला गीतझैं ‘जे पर्ला पर्ला लाई पनि दर्शकरस्रोताले माया गर्नेमा गायक मानस विश्वस्त छन् । गीतको भिडियोमा सुरज मार्पा तामाङ ग्रुपका मानषी तामाङ, सुनिल मार्पा तामाङ, सञ्जिव तामाङ, देवराज रोकाय, प्रेम कुमार मगर, चाँदनी लिम्बु, निकिता लिम्बु, आकृती राई र पुष्प गुरुङ फिचर्ड छ ।

https://youtu.be/er47NL5sU8o

सम्बन्धित शीर्षकहरु

बालश्रम अन्त्य गर्नुपर्छः मन्त्री घिमिरे

चैत ५, विराटनगर – बालश्रम दण्डनीय एवं कानूनी अपराध भएकाले यसतर्फ सम्बन्धित सबै पक्ष सचेत हुनुपर्नेमा......

बढी शुल्क फिर्ता गराउ : विवेकशील साझा

चैत ५, काठमाडौँ – विवेकशील साझा पार्टीले मेडिकल कलेजहरुले तोकिएभन्दा बढी शुल्क लिएर विद्यार्थीबाट......