ज्योतिष छोडेर फिल्ममा हरिहर, भन्छन्- यस फिल्मको प्रतिकृयाले मेरो यात्रा तय गर्नेछ’

प्रकाशित मिति: March 12, 2019 6:09 pm

ज्योतिष क्षेत्रमा हरिहर अधिकारी कुनै नौलो नाम हैन । हरिहरले ज्योतिष क्षेत्रमा उनले आफ्नो बलियो छाप छोड्न सफल भएका छन् । युवा ज्योतिषका रुपमा निकै चर्चित छन् उनी

अहिले भने हरिहरको परिचय फराकिलो भएको छ । उनि अब ज्योतिषमा मात्र हैन फिल्ममा पनि सक्रिय भएका छन् । उनी अभिनित फिल्म ‘शुभ लभ’ रिलिजको तयारीमा छ । यस फिल्ममा हरिहरकै कथा समावेश छ । फिल्मको कथा आफूसंग मिल्ने भएको कारण उनि यस फिल्ममा अभिनय गरेको बताउँछन् । फिल्मको कथा ज्योतिषसंग सम्बन्धित छ ।

ज्योतिष बनेर यत्तिको लोकप्रियता पाएका हरिहरलाई सानै उमेर देखि फिल्मको पर्दामा देखिने रहर थियो । सानो उमेरमा धेरै फिल्महरु हेर्ने भएकाले पनि उनीमा फिल्मको भुत चडेको थियो । हरिहर सम्झिन्छन्, ‘सानोमा मेरो काका एकदमै फिल्मको क्रेजी हुनुहुन्थ्यो । बेला बेलामा फिल्म हेर्न गइरहने र मलाई पनि लग्नु हुन्थ्यो त्यो बेला धेरै फिल्म हेरेर होला मलाई पनि फिल्मको हिरो बन्ने सोच थियो ।’

फिल्ममा हिरोले गुन्डालाई कुटेको देख्दा उनीलाई पनि जोश बढ्थ्यो । ‘म हरेक फिल्ममा आफुलाई दाजेर हेर्थे ।’

 

पछि पढाई बढ्दै गयो फिल्मबाट उनि टाढा हुन पुगे । ‘मैले सोचेको क्षेत्र भन्दा बिल्कुलै फरक क्षेत्रमा आइपुगे म’, हरिहर भन्छन, ‘ज्योतिष बन्छु भनेर कहिलै सोचेको थिएन । त्यो त अचानक भयो ।’ तर अहिले ज्योतिष भएर पाएको सफलतामा उनि दंग छन् ।

एक दिन संयोगवश हरिहरको भेट शुभ लभ निर्देशक सन्तोषबाबु लोहनीसंग भयो । लोहनीले उनलाई आफुले फिल्म बनाउन लागेको बताए । यो सुनेपछि हरिहरले उनलाई आफुसँग फिल्मको लागि कथा भएको बताए र कथा सुनाए । हरिहर भन्छन, ‘मैले कथा सुनाए, उहाँहरु त्यहाँ केहि नभनी जानु भयो । पछि फोन गरेर फिल्म बनाउँछौ तर तपाई खेल्ने भए मात्र भन्नुभयो । अनि मैले घरमा सल्लाह गरेर हुन्छ भने ।’ फिल्मको कथा आफूसँग मिल्ने भएकाले पनि फिल्ममा काम गर्न राजि भएको उनको भनाई छ ।

अहिले उनले देखेको बाल्यकालको सपना पुरा भएको छ । उनको फिल्ममा अभिनय गर्ने इच्छा साकार भएको छ । उनि भन्छन, ‘मेरो चाहना अझै ताजा नै थियो अहिले आएर बल्ल पुरा भएको छ ।’

हरिहरले छायांकनको दुई दिन राम्रो काम गर्न सकेनन । उनि भन्छन, ‘दुई दिनसम्म त काम गर्न नजानेर हैरान भयो नि । मलाई त सजिलो हुन्छ होला भनेको धेरै गाह्रो काम रहेछ ।’

‘हात हलिहालियो, छोड्यो भने त बेइजत हुन्छ’ । यो कुराले उनलाई पिरोल्यो । उनले अभिनयमा निखारता ल्याउने कोसिस गरे । उनि भन्छन, ‘भोलि पल्टदेखि म हरेक मान्छेसँग जिस्किन थाले । चल्न थाले । जसले गर्दा म खुले र अभिनय गर्न सके ।’

चालिस दिनको सुटिङमा हरिहरले आफुलाई ज्योतिष हुँ भन्ने कुरा बिर्सिएका थिए । ‘मैले सुटिङ सेटमा आफुलाई ज्योतिष हुँ भनेर विर्सेको थिए’, उनि थप्छन्, ‘त्यहाँ त मैले आफुलाई स्टगल गर्न आएको नयाँ कलाकार सम्झेर काम गरे ।’

अब फिल्ममा अभिनय गर्ने वा नगर्ने भन्ने यस फिल्मबाट आएको प्रतिक्रियाले निर्धारण गर्ने उनको भनाइ छ । ‘यस फिल्ममा राम्रो काम गरेको भन्ने प्रतिक्रिया आयो वा आफुलाई राम्रो लग्यो भने अरु फिल्म गर्छु होला नत्र फिल्ममा काम गर्दिन’, उनले भने ।

तर, उनि यस फिल्मबाट निकै आशावादी छन् । फिल्मको विषयबस्तु निकै बलियो भएका कारण फिल्म सफल हुनेमा उनी ढुक्क छन् । भन्छन, ‘यस फिल्ममा उठाइएको विषयबस्तु आज सम्म कुनै फिल्ममा देखाइएको छैन त्यसैले पनि यस विषयलाई दर्शकले रुचाउनेमा आशावादी छु ।’

सम्बन्धित शीर्षकहरु

बालश्रम अन्त्य गर्नुपर्छः मन्त्री घिमिरे

चैत ५, विराटनगर – बालश्रम दण्डनीय एवं कानूनी अपराध भएकाले यसतर्फ सम्बन्धित सबै पक्ष सचेत हुनुपर्नेमा......

बढी शुल्क फिर्ता गराउ : विवेकशील साझा

चैत ५, काठमाडौँ – विवेकशील साझा पार्टीले मेडिकल कलेजहरुले तोकिएभन्दा बढी शुल्क लिएर विद्यार्थीबाट......