वडा कार्यालयमा शक्तिशाली सिलिण्डर बम विस्फोट, ६ जना पक्राउ

प्रकाशित मिति: March 13, 2019 10:28 am

फागुन २९, चितवन – भरतपुर महानगरपालिका–५ को तोरीखेतमा रहेको कार्यालयमा गए राति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ । विस्फोट राति करिब १२ः३० बजे गराइएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले विस्फोटबाट कार्यालयको झ्यालका सिसा फुटेको र विस्फोटपछिको आगजनीबाट कागजपत्र जलेर नष्ट भएको बताए ।

जिल्लामा व्यापकरूपमा प्रहरी परिचालन भएकै समयमा विस्फोट भएको थियो । विस्फोट गराएको आशङ्कामा प्रहरीले राति नै छ जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकालाई अनुसन्धान शुरु गरिएको छ ।

घटना थाहा पाएलगत्तै महानगरको दमकल, सुरक्षाकर्मीको टोली पठाएर आगो निभाएको उनले बताए । राठौरले विप्लव निकट नेकपा माओवादीले गराएको अनुमान गरिएको बताए ।

सम्बन्धित शीर्षकहरु

मोदीको निरन्तरता र नेपाल

काठमाडौं – लोकसभा निर्वाचनले पुनः भाजपा र नरेन्द्र मोदीलाई पाँच वर्ष राज्य हाक्ने क्लिन चिट दिएको छ ।......

पाँचथर हत्याकाण्ड : ‘सबैलाई मारेर मर्छु भन्थे’

काठमाडौँ – पाँचथरको आरुबोटे हत्याकाण्डमा संलग्न रहेको आशंका गरिएका व्यक्तिले केही समयदेखि ‘आफू पनि मर्छु......