कृष्ण र मीनाको ‘केवल कारैमा’ सुजन मार्पा र कविता नेपाली

प्रकाशित मिति: March 13, 2019 4:18 pm

काठमाडौँ – कृष्ण भट्टराई र मीना निरौलाको आवाजमा ‘केवल कारैमा’ बोलको गीतको भिडियो सार्बजनिक भएको छ । बुधबार सार्बजनिक ‘केवल कारैमा’ गीतमा मदन प्रधानको शब्द रचना, विश्व अधिकारीको संगीत रहेको छ ।

सार्बजनिक गीत रचनाकार मदन प्रधानको एकल एल्बम ‘सपना सिर्जना’मा समाबेश छ । यस एल्बममा चार गीत समावेश छन् । कृष्ण भट्टराईको स्वरमा दुई वटा र अञ्जु पन्तको स्वरमा एउटा गीत रहेको छ भने अर्को एउटा गायकको स्वर हाल्न बाँकी रहेको छ । उक्त एल्बम केही समयपछि सार्बजनिक गरिने गीतकार प्रधानले जानकारी गराए ।

सुजन मार्पा तामाङ र कविता नेपालीलाई फिचर्ड गरिएको भिडियोलाई राजिब समरले निर्देशन गरेका हुन । ज्ञानेन्द्र शर्माले छायांकन गरेको भिडियोलाई विकाश ज्ञवालीले सम्पादन गरेका छन् । भिडियोमा सुजन मार्पा तामाङका कोरियोग्राफी रहेको छ । ‘टिकटक’ कम्पिटेसन बिजेताले नगद ३३ हजार ३ सय ३३ रुपैंया नगद प्राप्त गर्नेछन ।

सम्बन्धित शीर्षकहरु

बालश्रम अन्त्य गर्नुपर्छः मन्त्री घिमिरे

चैत ५, विराटनगर – बालश्रम दण्डनीय एवं कानूनी अपराध भएकाले यसतर्फ सम्बन्धित सबै पक्ष सचेत हुनुपर्नेमा......

बढी शुल्क फिर्ता गराउ : विवेकशील साझा

चैत ५, काठमाडौँ – विवेकशील साझा पार्टीले मेडिकल कलेजहरुले तोकिएभन्दा बढी शुल्क लिएर विद्यार्थीबाट......