हरिहर अधिकारीको “टुक्रीयो एउटा सपना”

प्रकाशित मिति: March 13, 2019 7:25 pm

काठमाडौँ – चलचित्र “शुभ लभ”को नयाँ गीत रिलिज भएको छ। “टुक्रीयो एउटा सपना” बोलको वियोगान्त गीत मङ्गलबार सार्वजनिक गरिएको हो। गीतमा स्वर, शब्द र सङ्गीत विशाल निरौलाको रहेको छ।

चलचित्रमा हरिहर अधिकारीको जोडीको रुपमा कृष्टिन पौडेल रहेकी छिन्। “शुभ लभ” दुवैको लागि डेब्यु चलचित्र हो। चलचित्र ‘शुभ लभ’मा हरिहर र कृष्टिनसँगै डाक्टर सुर्य थापा, सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बाँस्तोला, अनुज पाण्डे लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। चलचित्रलाई सन्तोषबाबु लोहनीले निर्देशन गरेका हुन्। चलचित्र चैत्र १५ मा रिलिज हुनेछ।

सम्बन्धित शीर्षकहरु

बालश्रम अन्त्य गर्नुपर्छः मन्त्री घिमिरे

चैत ५, विराटनगर – बालश्रम दण्डनीय एवं कानूनी अपराध भएकाले यसतर्फ सम्बन्धित सबै पक्ष सचेत हुनुपर्नेमा......

बढी शुल्क फिर्ता गराउ : विवेकशील साझा

चैत ५, काठमाडौँ – विवेकशील साझा पार्टीले मेडिकल कलेजहरुले तोकिएभन्दा बढी शुल्क लिएर विद्यार्थीबाट......