मलेसियामा अलपत्र २३ जना नेपालीको उद्धार

प्रकाशित मिति: March 13, 2019 7:59 pm

फागुन २९, काठमाडौँ – मलेसियाका सिमोनिया, बुकिट जलिल र सेपांगमा अलपत्र परेका २३ जना नेपालीलाई त्यहाँस्थित नेपाली राजदूतावासको प्रयासमा उद्धार गरिएको छ ।

हवाई टिकटको खर्च व्यहोर्न नसकी सिमोनिया, बुकिट जलिल र सेपांगस्थित घर फिर्ती केन्द्रमा अलपत्र परेका उनीहरूलाई उद्धार गरिएको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ ।

लामो समयसम्म घरफिर्ती केन्द्रमा रहँदा शारीरिक तथा मानसिक समस्या उत्पन्न हुने वास्तविकतालाई दृष्टिगत गरी दूतावासले हवाई टिकट उपलब्ध गराएर यथाशीघ्र उद्धार गर्दै आएको छ । उक्त दूतावासले आज एक विज्ञप्ति जारी गरी अलपत्र परेका नेपालीलाई घर फिर्ता पठाउने अभियान निरन्तर जारी राख्ने बताएको छ ।

सम्बन्धित शीर्षकहरु

बालश्रम अन्त्य गर्नुपर्छः मन्त्री घिमिरे

चैत ५, विराटनगर – बालश्रम दण्डनीय एवं कानूनी अपराध भएकाले यसतर्फ सम्बन्धित सबै पक्ष सचेत हुनुपर्नेमा......

बढी शुल्क फिर्ता गराउ : विवेकशील साझा

चैत ५, काठमाडौँ – विवेकशील साझा पार्टीले मेडिकल कलेजहरुले तोकिएभन्दा बढी शुल्क लिएर विद्यार्थीबाट......