आज धुर्मुश सुन्तलीकी छोरी सुबिहानीको जन्मदिन, धुर्मुशले गरे यस्तो घोषणा

प्रकाशित मिति: March 14, 2019 10:37 am

काठमाडौँ – आज चर्चित कलाकार तथा समाजसेवी सीताराम कट्टेल “धुर्मुश” र कुञ्जना घिमीरे “सुन्तली”को एकमात्र छोरी सुबिहानीको जन्मदिन परेको छ । त्यसैक्रममा धुर्मुशले आफ्नो सामाजिक सञ्जालमा यस्तो घोषणा गरेका छन् । चितवनको भरतपुर मा निर्माणाधिन “गौतम बुद्द अन्तराष्ट्रीय क्रीकेट रङ्गशाला” को सहयोगार्थ रु १,११,१११ सहयोग गर्ने घोषणा गरेका छन् ।
सीताराम कट्टेल “धुर्मुश” स्टाटस जस्ताको त्यस्तै

हाम्री प्यारि छोरी सुबिहानी कट्टेलको आज परेको जन्मदिनको सु- अवसरमा हामी द्वय सिताराम कट्टेल र कुन्जना घिमिरे को तर्फ बाट चितवनको भरतपुर मा निर्माणाधिन “ गौतम बुद्द अन्त राष्ट्रीय क्रीकेट रङ्गशाला “ को सहयोगार्थ रु १,११,१११ सहयोग घोषणा गर्दछौ !!
हाम्रा हरेक बिषेश अवसर लाई यसरि नै समाज सेवा र राष्ट्र निर्माण मा लगाउने हो भने यो देश हाम्रै पालामा बन्ने छ
आउनुहोस यो महाअभियान मा मिलेर सहकार्य गरौ

‘राष्ट्र निर्माण तपाई हाम्रो अभियान’

सम्बन्धित शीर्षकहरु

बालश्रम अन्त्य गर्नुपर्छः मन्त्री घिमिरे

चैत ५, विराटनगर – बालश्रम दण्डनीय एवं कानूनी अपराध भएकाले यसतर्फ सम्बन्धित सबै पक्ष सचेत हुनुपर्नेमा......

बढी शुल्क फिर्ता गराउ : विवेकशील साझा

चैत ५, काठमाडौँ – विवेकशील साझा पार्टीले मेडिकल कलेजहरुले तोकिएभन्दा बढी शुल्क लिएर विद्यार्थीबाट......