आज घट्यो सुनको मुल्य, कति पुग्यो तोलाको ? थाहा पाउनुहोस्

प्रकाशित मिति: March 14, 2019 1:04 pm

फागुन ३०, काठमाडौं – बिहीबार सुनको मुल्य ओरालो लागेको छ। बुधबारको तुलनामा आज सुन १ सय रुपैयाँले घटेको छ।

आज छापावाल सुन प्रतितोला ६० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार छापावाल सुन प्रतितोला ६० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै आज तेजावी सुनको मुल्य पनि ओरालो लागेको छ। आज तेजावी सुन ६० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ। हिजो तेजावी सुन ६० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदी प्रतितोला ७४५ रुपैयाँमा कारोबार भइरहेको छ। काठमाडौँ उपत्यका बाहेकका जिल्लामा नेपाल सुनचाँदी व्यवसायी महासंघले तोके बमोजिम सुन चाँदीको मूल्य केही बढी पर्न सक्ने छ।

सम्बन्धित शीर्षकहरु

बालश्रम अन्त्य गर्नुपर्छः मन्त्री घिमिरे

चैत ५, विराटनगर – बालश्रम दण्डनीय एवं कानूनी अपराध भएकाले यसतर्फ सम्बन्धित सबै पक्ष सचेत हुनुपर्नेमा......

बढी शुल्क फिर्ता गराउ : विवेकशील साझा

चैत ५, काठमाडौँ – विवेकशील साझा पार्टीले मेडिकल कलेजहरुले तोकिएभन्दा बढी शुल्क लिएर विद्यार्थीबाट......