पश्चिमी वायुको प्रभावले मौसम बदली पानी पर्ने सम्भावना

प्रकाशित मिति: March 14, 2019 1:16 pm

फागुन ३०, काठमाडौँ – पश्चिमी वायुको प्रभावले बिहीबार देशभर मौसम बदली रही पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । मङ्गलबारदेखि भित्रिएको पश्चिमी वायुको प्रभावले देशको पश्चिमी तथा मध्य भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागको एक दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुजन सुवेदीले बताए ।

उनका अनुसार यसको प्रभाव बिहीबार रातिसम्म कायम रहने छ । बिहीबार बेलुकादेखि फेरि नयाँ प्रणालीको विकास भई पश्चिमी भूभागको केही स्थानमा मौसम प्रभावित हुनेछ । पहाडी भेगबाहेक अन्य क्षेत्रमा भने तत्काल ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद् सुवेदीले औँल्याए । शुक्रबार देशको पश्चिमी भूभागमा सामान्यतया मौसम बदली रही उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै शनिबार बिहानीपख देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ । अपराह्नपछि भने देशको पश्चिमी र मध्य भूभागमा सामान्य बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

मोदीको निरन्तरता र नेपाल

काठमाडौं – लोकसभा निर्वाचनले पुनः भाजपा र नरेन्द्र मोदीलाई पाँच वर्ष राज्य हाक्ने क्लिन चिट दिएको छ ।......

पाँचथर हत्याकाण्ड : ‘सबैलाई मारेर मर्छु भन्थे’

काठमाडौँ – पाँचथरको आरुबोटे हत्याकाण्डमा संलग्न रहेको आशंका गरिएका व्यक्तिले केही समयदेखि ‘आफू पनि मर्छु......