पबजी खेलेको आरोपमा १० जना प्रकाउ

प्रकाशित मिति: March 14, 2019 2:05 pm

काठमाडौँ – भारतको गुजरातस्थित राजकोटमा पबजी खेलेको आरोपमा १० जनालाई पक्राउ गरिएको छ । उक्त गेममाथि प्रतिबन्ध लगाइएको द इन्डियन एक्सप्रेसले जनाएको छ ।

पुलिसले अनुसन्धानका लागि उनीहरुको मोबाइल पनि जफत गरिएको छ । पुलिसका अनुसार यो गेम खेल्नेहरु यतिसम्म आदी हुन्छन् कि पुलिसको समूह पक्राउ गर्न पुग्दासमेत उनीहरुलाई केही अत्तोपत्तो थिएन । पुलिस अधिकारी मनोज अग्रवालले उक्त शहरमा मार्च ६ देखि पबजी प्रतिबन्ध गरेका हुन् । उनीहरुलाई पबजी खेलिरहेका बेला नै पक्राउ गरिएको पुलिसले जानकारी दिएको छ ।

सम्बन्धित शीर्षकहरु

बालश्रम अन्त्य गर्नुपर्छः मन्त्री घिमिरे

चैत ५, विराटनगर – बालश्रम दण्डनीय एवं कानूनी अपराध भएकाले यसतर्फ सम्बन्धित सबै पक्ष सचेत हुनुपर्नेमा......

बढी शुल्क फिर्ता गराउ : विवेकशील साझा

चैत ५, काठमाडौँ – विवेकशील साझा पार्टीले मेडिकल कलेजहरुले तोकिएभन्दा बढी शुल्क लिएर विद्यार्थीबाट......