चलचित्र “अघोरि”को शुभ मुर्हत

प्रकाशित मिति: March 14, 2019 6:34 pm

काठमाडौँ – चलचित्र “अघोरि”को बिहीबार भद्रकाली मन्दिरमा शुभ मुर्हत गरिएको छ । बिलभ्ड ईन्टरटेन्मेट प्रा.लिको ब्यानरमा बन्ने चलचित्र चैत्र १ गतेबाट फ्लोरमा जानेछ । चलचित्र राधादेबि कटुवालको प्रस्तुतिमा निर्माण हुने छ भने कार्यकारी निर्माण दिक्षा पाठकको रहेको छ । भोमन कटुवालले निर्देशन गर्ने चलचित्रमा प्रज्वल गिरी, शारदा राज्यलक्ष्मी शाह,मुनम मल्ल ठकुरी,उमेश खडका बिन्दा तामाङ, सुरबिर पण्डित,अनमोल कार्की, तारा शाही ठकुरी आदिको अभिनय रहने छ ।

डा.कृष्णहरि बराल, मि.आरजे,रुबेन पुन मगरको शब्द रहने चलचित्रमा ओम सुनार,सरोज कोईराला,सुमन राईको संगीत मेलिना राई, ओम सुनार,सरोज कोईराला,सुमन राई,योजना पुरी, मि.आरजेको स्वर रहने छ ।

सम्बन्धित शीर्षकहरु

बालश्रम अन्त्य गर्नुपर्छः मन्त्री घिमिरे

चैत ५, विराटनगर – बालश्रम दण्डनीय एवं कानूनी अपराध भएकाले यसतर्फ सम्बन्धित सबै पक्ष सचेत हुनुपर्नेमा......

बढी शुल्क फिर्ता गराउ : विवेकशील साझा

चैत ५, काठमाडौँ – विवेकशील साझा पार्टीले मेडिकल कलेजहरुले तोकिएभन्दा बढी शुल्क लिएर विद्यार्थीबाट......