ब्रेकिङ न्युज

चौतीस विद्यार्थीले एसइई दिन पाएनन्, कारण यस्तो

प्रकाशित मिति: March 15, 2019 2:36 pm

चैत १, पाल्पा – आगामी चैत्र १० गतेदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षामा (एसइई) पाल्पा जिल्लाबाट ३४ परीक्षार्थी परीक्षा दिने अवसरबाट बञ्चित हुनुपरेको छ ।

विद्यालयमा ७५ प्रतिशत हाजिरी नपुगेको र अन्य कारणले अयोग्य हुँदा माध्यमिक शिक्षा परीक्षाबाट बञ्चित हुनुपरेको हो । शिक्षा विकास तथा समन्वय एकाइ, पाल्पाकाअनुसार माध्यमिक शिक्षा परीक्षामा पाँच हजार ३८ सहभागी हुनेछन् ।

नियमिततर्फ छात्र दुई हजार ३७५, छात्रा दुई ५६१ जम्मा चार हजार ९३६ र पूरक ग्रेड वृद्धितर्फका पुराना ३५, नयाँ ६७ गरी जम्मा १०२ कूल पाँच हजार ३८ सहभागी हुने शिक्षा विकास तथा समन्वय एकाइ, पाल्पाका सूचना अधिकारी महेन्द्र सुवेदीले जानकारी दिए।
परीक्षामा सहभागी हुने विद्यालय सङ्ख्या १३२ रहेका छन् । जसअन्तर्गत सामुदायिक १११, संस्थागत २०, खुला विद्यालय एक रहेका छन् ।

पाल्पा जिल्लाका २६ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुने सूचना अधिकारी सुेवदीले बताए ।

सम्बन्धित शीर्षकहरु

एकैदिन थपिए ७२ जना कोरोना संक्रमित, काठमाडौँमा पनि ३ जना थपिए

जेठ १२, काठमाडौँ – नेपालमा सोमबार ७२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले......

बर्षाले भाबुक हुँदै माफ मागिन्, अब आइन्दा सोचेर बोल्छु (हेर्नुहोस् भिडियो)

आज बिहानदेखि वर्षा राउतले दिएको अभिव्यक्त्तिलाई लिएर सामाजिक सञ्जाल तातेको छ । उनलाई गाली गर्नेको ठूलो......