ब्रेकिङ न्युज

एसईई दिने विद्यार्थी र निरीक्षकले अनिवार्य रुपमा पोसाक लगाउनुपर्ने नत्र…

प्रकाशित मिति: March 22, 2019 4:53 pm

काठमाडौँ – आइतबारदेखि हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईमा परीक्षार्थी र शिक्षकलाई लमजुङमा विद्यालय पोसाक अनिवार्य गरिएको छ । विद्यालय पोसाक नलाएका परीक्षार्थीले परीक्षा दिन पाउने छैनन् भने शिक्षक, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष साथै निरीक्षकले पनि केन्द्रमा बस्न पाउने छैनन् ।

परीक्षा हलभित्र मोबाइल लैजान पूर्णरूपमा निषेध लगाइएको छ । सहायक केन्द्राध्यक्ष, परीक्षार्थी र निरीक्षकले पनि भित्र मोबाइल बोक्न पाउने छैनन् । केन्द्राध्यक्ष र निरीक्षणमा जाने व्यक्तिले मोबाइल बोक्न पाउने भए पनि साइलेन्स मोडमा राखेको हुनुपर्छ । कसैले पनि गेसपेपर तथा सोही प्रकृतिका पकेट बुकहरू बिक्रीवितरण गर्न पाउने छैनन् । परीक्षा लक्षित फोटोकपी तथा फ्याक्स गर्न पाउने छैनन् ।

परीक्षा बिथोल्ने अमर्यादित कार्य गर्दा शिक्षा ऐन २०२८ कोविपरीत हुने भएकाले उक्त कार्य गरेमा सोही ऐनको दफा १७, १ (क) को क, ग, ङ तथा च अनुसार कसुर हुने र कसुरको मात्रा हेरेर १ लाख रुपैयाँसम्म जरिवाना, ६ महिनासम्म कैद वा दुवै सजाय हुनेछ ।

सम्बन्धित शीर्षकहरु

एकैदिन थपिए ७२ जना कोरोना संक्रमित, काठमाडौँमा पनि ३ जना थपिए

जेठ १२, काठमाडौँ – नेपालमा सोमबार ७२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले......

बर्षाले भाबुक हुँदै माफ मागिन्, अब आइन्दा सोचेर बोल्छु (हेर्नुहोस् भिडियो)

आज बिहानदेखि वर्षा राउतले दिएको अभिव्यक्त्तिलाई लिएर सामाजिक सञ्जाल तातेको छ । उनलाई गाली गर्नेको ठूलो......